logo of cricketingnepal.com

बसन्त पहिलो एकदिवसीयमा नखेल्ने प्रबल सम्भावना

Jan 24, 2019 | CN Staff |
राष्ट्रिय टोलीका भेटेरान स्पिनर बसन्त रेग्मीको युएईबिरुद्धको पहिलो एकदिवसीय खेलमा खेल्ने सम्भावना न्युन रहेको छ ।

नेपालले युएईबिरुद्धको तीन म्याचको श्रंखला अन्तर्गतको आफ्नो पहिलो खेल शुक्रबार खेल्दैछ । युएई आएपछि बसन्तको स्वास्थ म्याच खेल्नको लागि उपयुक्त रहेको देखिदैन । उनले बिहिबार टोलीसंग अस्वस्थताका कारण अभ्यास समेत गरेका थिएनन् । 

बसन्त आफैले युएई आएपछि आफुलाई मौसम परिवर्तनका कारण स्वास्थ्यमा असर परेको क्रिकेटिङ्गनेपाललाई बताए । बसन्त नखेलेको अवस्थामा अर्का बाया हाते स्पिनर ललित नारायण राजबंशीले उनको स्थान लिनेछन । 

लामो समयदेखि राष्ट्रिय टोलीसंगै रहेका ललितले नेपालका लागि धेरै खेलमा भने सहभागिता जनाउन पाएको भने छैनन । उनले राष्ट्रिय टोलीका लागि जिम्बावेबिरुद्धको खेलबाट राष्ट्रिय टोलीका लागि डेब्यु गरेका थिए । 

यद्दपी टोलीमा ब्यापक प्रतिस्पर्धा रहेका कारण उनले उल्लेख्य मात्रामा टिमका लागि खेल्न पाइरहेका छैनन् ।   


LIVE MATCH CENTER

{{match.teamAName}} - {{match.teamARun}} / {{ match.teamAFOW}} ( {{match.teamAOver}} / {{match.matchOver}} Overs)

VS

{{match.teamBName}} - {{match.teamBRun}} / {{ match.teamBFOW}} ( {{match.teamBOver}} / {{match.matchOver}} Overs)

Click here for Full Scorecard

{{errormessage}}