logo of cricketingnepal.com

स्कुल लिग क्रिकेट आजबाट, उद्घाटन खेलमा राज मेमोरियल र युनिभर्सल भिड्ने

Jan 20, 2019 | CN Staff |
बनेपा क्रिकेट एकेडेमीको आयोजनामा शुरु हुन लागेको स्कुल लिग क्रिकेट (एसएलसी) आजबाट शुरु हुँदैछ । 

पुल्चोक ईन्जिनियरिङ्ग क्रिकेट मैदानमा आयोजना हुने प्रतियोगिताको उद्घाटन खेलमा युनिभर्सल इङ्ग्लिश स्कुल र राज मेमोरियल इन्टरनेशनल स्कुल भिड्दै छन् । खेल बिहान नौ बजे शुरु हुनेछ ।

त्यस्तै प्रतियोगिताको पहिलो दिनको दोश्रो खेलमा मेरेडियन इन्टरनेशनल स्कुल र ज्ञानकुन्ज स्कुल बिच दिउँस १ बजे प्रतिस्पर्धा हुनेछ ।

माघ १९ गते सम्म आयोजना हुने प्रतियोगितामा १० टोलीको सहभागिता रहेको छ । १० टोलीलाई ५-५ गरेर दुई समुहमा बिभाजन गरिएको छ ।लिग-कम-नकआउट आधारमा खेलाइएको प्रतियोगितामा समुह चरणमा सबै टोलीले आफ्नो समुहमा रहेको बाँकी सबै टोलीसँग प्रतिस्पर्धा गर्ने छन् । समुह चरणको पहिलो र दोश्रो टोलीले सेमी फाइनलमा प्रवेश पाउने छ ।

प्रशिक्षक अरुण अर्याल टुर्नामेन्ट डिरेक्टर र क्रिकेट खेलाडी रितेश सिंह कोअर्डिनेटर रहेको प्रतियोगिताका खेलहरु देबिबासले युटुब मार्फत प्रत्यक्ष प्रसारण गर्ने छ ।  


LIVE MATCH CENTER

{{match.teamAName}} - {{match.teamARun}} / {{ match.teamAFOW}} ( {{match.teamAOver}} / {{match.matchOver}} Overs)

VS

{{match.teamBName}} - {{match.teamBRun}} / {{ match.teamBFOW}} ( {{match.teamBOver}} / {{match.matchOver}} Overs)

Click here for Full Scorecard

{{errormessage}}