logo of cricketingnepal.com

शरदले युएई भ्रमण गुमाउने

Jan 20, 2019 | CN Staff |
नेपाली राष्ट्रिय टोलीका मध्यक्रमका ब्याट्सम्यान शरद भेषवाकरले नेपालको युएई भ्रमण गुमाउने भएका छन् । शरद अस्वस्थताका कारण युएई भ्रमण गुमाउने भएका हुन् ।

नेपालको युएई भ्रमणको लागि आज सार्वजनिक गरिएको टोलीमा शरदले स्वास्थ्यमा आएको समस्याका कारण अन्तिम १६ मा उनको नाम राखिएको छैन ।

शरदलाई शरिर भिटामिन डी को कमी भएका कारण कमजोरी भएको हो । जसका कारण उनलाई खेल्नमा समेत समस्या परेको छ । शरदलाई पूर्ण निको हुनका लागि तीन देखि चार हप्ता लाग्ने बुझिएको छ । अब शरदले यही माघको अन्तिमबाट शुरु हुने धनगढी प्रिमिएर लिग खेल्न सक्नेमा पनि शंका उब्जिएको छ ।

नेपालले घरेलु टोली नेदरल्यान्ड्स बिरुद्ध खेलेको आफ्नो डेब्यु एकदिवसीय खेलका क्रममा औंलामा लागेको चोटका कारण शरदले दोश्रो खेल र एशिया कप क्वालिफायर्स गुमाएका थिए ।

नेपालले गर्न लागेको युएई भ्रमणका लागि आज सार्वजनिक गरिएको १६ सदस्य टोलीमा युवा खेलाडीहरु अविनाश बोहरा, पवन सर्राफ, भिम शार्की र सन्दिप जोरा पहिलो पटक राष्ट्रिय टोलीमा पर्न सफल भएका छन् ।

नेपालले एकदिवसिय मान्यता पाए पछि यो दोश्रो भ्रमण हो । नेपालले जिम्बाब्वेमा आयोजना भएको बिश्वकप छनोट पछि चार वर्षको लागि एकदिवसिय मन्यता पाएको थियो र नेपालले अगष्टमा नेदरल्यांड्स विरुद्ध उसकै घरेलु मैदानमा दुई एकदिवसिय खेल खेलेको थियो जसमा एकमा जित र एकमा हारको सामना गरेको थियो । 

नेपालले पहिलो एकदिवसिय खेल माघ ११ मा खेल्ने भएको छ । त्यस्तै दोश्रो एकदिवसिय माघ १२ मा हुने छ भने माघ १३ मा रेस्ट डे रहेको छ । नेपालले युएई बिरुद्धको तेश्रो तथा अन्तिम एकदिवसिय खेल माघ १४ मा खेल्ने छ । 

नेपालले माघ १७ मा पहिलो ट्वान्टी ट्वान्टी, माघ १८ मा दोश्रो ट्वान्टी ट्वान्टी र माघ २० मा तेश्रो ट्वान्टी ट्वान्टी खेल्दै युएई भ्रमण समाप्त गर्ने छ । 



 



LIVE MATCH CENTER

{{match.teamAName}} - {{match.teamARun}} / {{ match.teamAFOW}} ( {{match.teamAOver}} / {{match.matchOver}} Overs)

VS

{{match.teamBName}} - {{match.teamBRun}} / {{ match.teamBFOW}} ( {{match.teamBOver}} / {{match.matchOver}} Overs)

Click here for Full Scorecard

{{errormessage}}