logo of cricketingnepal.com

अविनाश, पवन, भिम र जोरा पहिलो पटक राष्ट्रिय टोलीमा

Jan 20, 2019 | CN Staff |
युवा खेलाडीहरु अविनाश बोहरा, पवन सर्राफ, भिम शार्की र सन्दिप जोरा पहिलो पटक नेपाली राष्ट्रिय टोलीमा परेका छन् ।

मंगलबारबाट नेपालले गर्न लागेको युएई भ्रमणका लागि आज सार्वजनिक गरिएको १६ सदस्य टोलीमा अविनाश, पवन, भिम र जोरा पर्न सफल भएका हुन् ।

तिब्र गतिका बलर अविनाशले नेपाली टोलीको प्रतिनिधित्व गर्न लागेको पहिलो पटक हो भने पवन, भिम र जोराले नेपाल यु१९ बाट नेपालको जर्सीमा खेलिसकेका छन् । 

पोखरामा सम्पन्न पोखरा प्रिमिएर लिग र काठमाडौँमा सम्पन्न एभरेस्ट प्रिमिएर लिगमा उत्कृस्ट प्रदर्शन गर्न सफल पवन सर्राफ, अविनाश बोहरा, भिम शार्की र सन्दिप जोरा पहिलो पटक बन्द प्रशिक्षणक लागि बोलाइएका थिए ।

पछिल्लो समय नेपाली टोलीमा लगातार पर्न सफल तिब्र गतिका बलर ललित सिंह भण्डारी भने अन्तिम १६ मा पर्न सकेनन् । उनी बैकल्पिकमा मात्र पर्न सके । बैकल्पिकमा पर्ने आन्य खेलाडीहरुमा बिक्रम शोब र सुशन भारी रहेका छन् ।   

नेपालले एकदिवसिय मान्यता पाए पछि यो दोश्रो भ्रमण हो । नेपालले जिम्बाब्वेमा आयोजना भएको बिश्वकप छनोट पछि चार वर्षको लागि एकदिवसिय मन्यता पाएको थियो र नेपालले अगष्टमा नेदरल्यांड्स विरुद्ध उसकै घरेलु मैदानमा दुई एकदिवसिय खेल खेलेको थियो जसमा एकमा जित र एकमा हारको सामना गरेको थियो । 

नेपालले पहिलो एकदिवसिय खेल माघ ११ मा खेल्ने भएको छ । त्यस्तै दोश्रो एकदिवसिय माघ १२ मा हुने छ भने माघ १३ मा रेस्ट डे रहेको छ । नेपालले युएई बिरुद्धको तेश्रो तथा अन्तिम एकदिवसिय खेल माघ १४ मा खेल्ने छ । 

नेपालले माघ १५ मा बिश्राम गर्ने र माघ १६ मा अभ्यास गर्ने कार्यक्रम पनि रहेको छ । 

नेपालले माघ १७ मा पहिलो ट्वान्टी ट्वान्टी, माघ १८ मा दोश्रो ट्वान्टी ट्वान्टी र माघ २० मा तेश्रो ट्वान्टी ट्वान्टी खेल्दै युएई भ्रमण समाप्त गर्ने छ । 

हाल नेपाल क्रिकेट संघ (क्यान) अन्तरास्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) को प्रतिबन्धमा परेकाले नेपालले आईसीसी मार्फत युएईसँगको शृंखला खेल्ने बेवस्ता मिलाएको हो ।

नेपाली टोली 
  • पारस खड्का (कप्तान)
  • बसन्त रेग्मी 
  • बिनोद भण्डारी 
  • दिपेन्द्र सिंह ऐरी 
  • ज्ञानेन्द्र मल्ल 
  • कारण केसी 
  • ललित नारायण राजबंशी 
  • आरिफ शेख 
  • प्रदीप ऐरी 
  • सन्दिप लामिछाने 
  • शरद भेषवाकर 
  • सोमपाल कामी 
  • पवन सर्राफ
  • अविनाश बोहरा
  • भिम शार्की 
  • सन्दिप जोरा  
  • रोहित कुमार पौडेल 

बैकल्पिक खेलाडी 
  • ललित भण्डारी 
  • सुशन भारी
  • बिक्रम शोब


नेपालको युएई भ्रमणको तालिका 
  • माघ ८            दुबई पुग्ने 
  • माघ ९            अभ्यास  
  • माघ १०           अभ्यास 
  • माघ ११           पहिलो एकदिवसिय  
  • माघ १२          दोश्रो एकदिवसिय  
  • माघ १३         बिश्राम  
  • माघ १४          तेश्रो एकदिवसिय  
  • माघ १५          बिश्राम  
  • माघ १६           अभ्यास 
  • माघ १७          पहिलो ट्वान्टी ट्वान्टी 
  • माघ १८          दोश्रो ट्वान्टी ट्वान्टी 
  • माघ १९           बिश्राम  
  • माघ २०          तेश्रो ट्वान्टी ट्वान्टी 


  

  



LIVE MATCH CENTER

{{match.teamAName}} - {{match.teamARun}} / {{ match.teamAFOW}} ( {{match.teamAOver}} / {{match.matchOver}} Overs)

VS

{{match.teamBName}} - {{match.teamBRun}} / {{ match.teamBFOW}} ( {{match.teamBOver}} / {{match.matchOver}} Overs)

Click here for Full Scorecard

{{errormessage}}