logo of cricketingnepal.com

अन्तिम खेलमा विकेट निकाल्न नसकेका सन्दिपको किफयती बलिङ्ग

Jan 19, 2019 | CN Staff |
नेपाली राष्ट्रिय क्रिकेट टोलीका युवा लेग स्पिनर सन्दिप लामिछानेले बंगलादेश प्रिमिएर लिग अन्तर्गत सिल्हेट सिक्सर्सको लागि आफ्नो अन्तिम खेलमा विकेट निकाल्न नसकेता पनि उत्कृस्ट बलिङ्ग गर्दै मात्र २१ रन खर्चिएका छन् । 

नेपालले गर्न लागेको युएई भ्रमणका कारण सन्दिपले सिल्हेटका लागि बाँकि खेल खेल्न न पाउने भएका हुन् । २५ तारिखबाट शुरु हुने नेपाली टोलीको युएई भ्रमणका क्रममा तीन एकदिवसीय र तीन ट्वान्टी ट्वान्टी खेल खेल्ने छ । नेपालको भ्रमण फेब्रुअरी तीनमा सकिने छ र सन्दिपको टोली दोश्रो चरणमा पुगेको खण्डमा उनी फेरी बंगालदेश फर्कने छन् ।    

रंगपुर राईडर्स बिरुद्धको खेलको चौथों तथा अन्तिम ओवरमा मात्र तीन रन खर्चिएका सन्दिपले तेश्रो ओवरमा एक चौका र चार सिंगल सहित आठ रन खर्चिएका थिए ।दोश्रो ओवरमा सात रन खर्चिएका सन्दिपको पहिलो बलमा एबि डि भिल्लियर्सले तथा तेश्रो र अन्तिम बलमा राईली रुसोले एक एक सिंगल लिए भने पाँचौं बलमा रुसोले एक चौका प्रहार गरे ।  

चौथों बलमा एबि डि भिल्लियर्स बिट भएका थिए तर बल स्टम्पको छेउबाट गए पछि सन्दिपले विकेट निकाल्न सकेनन् । 

सन्दिपले आफ्नो पहिलो ओवरमा मात्र तीन रन खर्चिएका थिए । रंगपुरका ब्याट्सम्यानहरुले सन्दिपको तेश्रो बलमा दुई  रन तथा पाँचौ बलमा मात्र एक रन लिन सके भने अन्य चार बलमा कुनै पनि रन निकाल्न सकेनन् । 

सन्दिपले बिपिएलमा छ खेल खेल्दै २४ ओवरमा ५.६६ को इकोनोमीमा १३६ रन खर्चिएर चार विकेट दर्ता गराएका छन् । छ खेल मध्य सन्दिपले तीन खेलमा चार विकेट लिएका थिए भने बाँकी तीन खेलमा विकेट निकाल्न सकेनन् ।

कोमिल्ला बिरुद्धको खेलबाट बिपिएलमा डेब्यु गरेका सन्दिपले चार ओवर बलिङ्ग गर्दै १६ रन खर्चिएर दुई विकेट हात परेका थिए भने त्यस पछिका दुई खेलमा विकेट बिहिन रहेका छन् । 

सन्दिपले दोश्रो खेलमा चित्तागोंग विकिंग्स बिरुद्ध चार ओवर बलिङ्ग गर्दै २१ खर्चिएका थिए भने तेश्रो खेलमा ढाका डाईनामाईट्स बिरुद्ध चार ओवर बलिङ्ग गर्दै ३३ रन खर्चिए ।

अघिल्लो दुई खेलमा विकेट निकाल्न नसके पछि चौथों खेलमा कोमिल्ला भिक्टोरियन्स बिरुद्ध सिल्हेट सन्दिप बिना नै मैदानमा उत्रेको थियो ।  

त्यसपछिका दुई खेलमा सन्दिपले रंगपुर राईडर्स र ढाका डाईनामाइट्स एक एक विकेट लिएका थिए । सन्दिपले रंगपुर बिरुद्धको यस अघिको खेलमा चार ओवर बलिङ्ग गर्दै १८ रन खर्चिएर एक विकेट लिएका थिए भने ढाका बिरुद्ध ३३ रन खर्चिएर एक विकेट आफ्नो नाममा दर्ता गराएका हुन् । 


  


LIVE MATCH CENTER

{{match.teamAName}} - {{match.teamARun}} / {{ match.teamAFOW}} ( {{match.teamAOver}} / {{match.matchOver}} Overs)

VS

{{match.teamBName}} - {{match.teamBRun}} / {{ match.teamBFOW}} ( {{match.teamBOver}} / {{match.matchOver}} Overs)

Click here for Full Scorecard

{{errormessage}}