logo of cricketingnepal.com

उपाधी जित्ने नेपालको सपना चकनाचुर, फाइनलमा थाईल्याण्डसँग ७० रनले पराजित

Jan 19, 2019 | CN Staff |
थाईल्याण्डमा जारी थाईल्यान्ड वोमेंस टि-ट्वान्टी स्म्याशको फाइनलमा आयोजक थाईल्याण्डसँग ७० रनको फराकिलो अन्तरले पराजित हुँदै नेपाल प्रतियोगिताको उप बिजेताको रुपमा चित्त बुझाउन बाध्य भएको छ । 

थाईल्याण्डले दिएको १२२ रनको लक्ष्य लिएर ब्याटिंगमा ओर्लिएको नेपालले १७ दशमलब दुई ओवरमा आफ्ना सबै विकेट गुमाएर मात्र ५१ रन बनाउन सक्यो ।

नेपालको लागि नेरी थापाले सर्वाधिक १७ रन तथा सीता राना मगरले १३ रनको पारी खेले भने अन्य ब्याट्स वोमनले दोहोरो अंकमा रन बनाउन सकेनन् । नेपालका चार जना खेलाडीले रनको खाता पनि खोल्न सकेनन् ।   

यस अघि टस हारेर पहिले ब्याटिंग गरेको थाईल्याण्डले ओपनर नत्थाकन चैवाईको अर्धशतकको मद्धतमा २० ओवरमा एक विकेट गुमाएर १२१ रन बनायो ।

थाईल्याण्डको तर्फबाट सर्वाधिक रन बनाएकी चैवाईले ६७ बल खेल्दै चार चौकाको मद्धतमा अविजित ६९ रन बनाईन् । उनले पहिलो विकेटको लागि ४२ बलमा २७ रन बनाएकी नरुएमोल चैवाईसँग मिलेर ९४ रनको शाझेदारी गर्दै थाईल्याण्डलाई राम्रो शुरुवात दिएकी थिईन् । त्यस्तै थाईल्याण्डको लागि चनिदा सुत्थिरुंगले पनि ११ बलमा अविजित १९ रन प्रहार गरिन् ।

फाइनल सम्म पुग्दा उत्कृस्ट बलिङ्ग प्रदर्शन गरेका नेपालका बलहरु आजको खेलमा निरिह साबित हुँदा थाईल्याण्ड राम्रो स्कोर खडा गर्यो । आज थाईल्याण्डको खसेको एक मात्र विकेट पनि रुबिना क्षेत्रीले रन आउटका रुपमा पाएकी पाएकी हुन् ।

नेपालले हिजो सम्पन्न सेमीमा इण्डोनेसियालाई ९२ रनको फराकिलो अन्तरले पराजित गर्दै फाइनलमा आफ्नो स्थान सुरक्षित गरेको थियो । 

नेपाली बलरहरुको उत्कृस्ट प्रदर्शनमा नेपालले समुह चरणको चार खेलमा शतप्रतिशत नतिजा निकाल्दै समुह ए को विजेताका रुपमा सेमिफाइनलमा आफ्नो स्थान सुरक्षित गरेको थियो । नेपालले आफ्नो पहिलो खेलमा चीनलाई १० विकेटले तथा दोश्रो खेलमा मलेसियालाई छ विकेटले पराजित गरेको थियो । त्यस्तै नेपालले आफ्नो तेश्रो खेलमा युएईलाई छ विकेटले पराजित सेमिफाइनलमा आफ्नो स्थान सुरक्षित बनाएको थियो । अन्तिम खेल अगावै सेमिफाइनल प्रवेश गरेको नेपालले आफ्नो अन्तिम खेलमा आयोजक थाईल्याण्ड ए लाई नौ विकेटले पराजित गर्दै लगातार चौथों जित दर्ता गराएको थियो । 


     

 


LIVE MATCH CENTER

{{match.teamAName}} - {{match.teamARun}} / {{ match.teamAFOW}} ( {{match.teamAOver}} / {{match.matchOver}} Overs)

VS

{{match.teamBName}} - {{match.teamBRun}} / {{ match.teamBFOW}} ( {{match.teamBOver}} / {{match.matchOver}} Overs)

Click here for Full Scorecard

{{errormessage}}