logo of cricketingnepal.com

धोनीको उत्कृस्ट ब्याटिंगमा भारतद्वारा अस्ट्रेलिया बिरुद्धको शृंखला माथी कब्जा

Jan 18, 2019 | CN Staff |
विकेट किपर ब्याट्सम्यान महेन्द्र सिंह धोनीको उत्कृस्ट ब्याटिंगमा तेश्रो तथा अन्तिम एकदिवसीय खेलमा घरेलु टोली अस्ट्रेलियालाई चार बल अगावै सात विकेटले पराजित गर्दै भारतले एकदिवसीय शृंखला माथी कब्जा जनाएको छ । आजको जितसँगै भारतले तीन खेलको शृंखला माथि २-१ ले कब्जा जमाएको हो । 

शृंखलाको प्लेयर अफ द सिरिज घोषित धोनीले यस शृंखलाको तेश्रो अर्ध शतक प्रहार गरे पछि २३१ रनको मध्यम लक्ष्य पक्ष्याएको भारतले तीन विकेट गुमाउँदै ४९ दशमलब दुई ओवरमा जित दर्ता गर्यो ।

भारतलाई शृंखला दिलाउने क्रममा धोनीले ११४ बलको सामना गर्दै छ चौकाको मद्धतमा अविजित ८७ बनाए । धोनीले यस शृंखलाको पहिलो खेलमा ५१ रन बनाएका थिए भने दोश्रोमा अविजित रहँदै ५५ रन बनाएर भारतलाई छ विकेटको जित दिलाउन मद्धत गरेका थिए ।  

धोनीले चौथों विकेटका लागि केदार जाधवसँग मिलेर अविजित १२१ रनको शाझेदारी गर्दै भारतलाई जित दिलाएका हुन् । त्यस्तै धोनीले तेश्रो विकेटका लागि कप्तान विराट कोहलीसँग मिलेर ५४ रनको शाझेदारी गर्दै भारतलाई राम्रो स्थितीमा पुर्याए । 

भारतको जितमा जाधवले पनि ५७ बलमा अविजित ६१ रन प्रहार गरे भने अर्ध शतक बनाउन चुकेका कप्तान विराट कोहलीले पनि ६२ बलमा ४६ रनको पारी खेले । भारतको तर्फबाट ओपनरहरु शिखर धवनले २३ तथा रोहित शर्माले नौं रनको योगदान दिए ।
    
यस अघि खेलको म्यान अफ द म्याच घोषित युजवेन्द्र चाहलले छ विकेट लिए पछि टस हारेर पहिले ब्याटिंग गरेको अस्ट्रेलियाले ४८ दशमलब चार ओवरमा आफ्ना सबै विकेट गुमाउँदै मात्र २३० रन बनायो ।  

१० ओवर बलिङ्ग गर्दै चाहलले ४२ रन खर्चिएर छ विकेट लिए भने भुब्नेश्वर कुमार र मोहम्मद शामीले पनि आ-आफ्नो नाममा दुई दुई विकेट दर्ता गराए । 
 
अस्ट्रेलियाको तर्फबाट पिटर ह्यान्ड्सकम्बले ६३ बलको सामना गर्दै सर्वाधिक ५८ रन बनाए भने शन मार्शले ३९ तथा उस्मान खवाजाले पनि ३४ रनको योगदान दिए ।

पहिलो एकदिवसिय खेलमा ३४ रनको जित हात पारेको अस्ट्रेलियाले दोश्रो खेलमा छ विकेटको हारको सामना गरेको थियो ।  


LIVE MATCH CENTER

{{match.teamAName}} - {{match.teamARun}} / {{ match.teamAFOW}} ( {{match.teamAOver}} / {{match.matchOver}} Overs)

VS

{{match.teamBName}} - {{match.teamBRun}} / {{ match.teamBFOW}} ( {{match.teamBOver}} / {{match.matchOver}} Overs)

Click here for Full Scorecard

{{errormessage}}