logo of cricketingnepal.com

जित बिहिन बन्दै श्रीलंकाको न्युजिल्यान्ड भ्रमण समाप्त, ट्वान्टी ट्वान्टीमा ३५ रनले पराजित

Jan 11, 2019 | CN Staff |

घरेलु टोली न्युजिल्यान्ड बिरुद्धको एक मात्र ट्वान्टी ट्वान्टी खेलमा श्रीलंकाले ३५ रनको हारको सामना गरेको छ । यससँगै श्रीलंकाले जित बिहिन रहँदै  न्युजिल्यान्ड भ्रमण सक्काएको छ । जितका लागि १८० रनको विशाल लक्ष्य लिएर ब्याटिंग गर्न आएको श्रीलंकाले १६ दशमलब पाँच ओवारमा आफ्ना सबै विकेट गुमाउँदै मात्र १४४ रन बनाउन सक्यो ।

श्रीलंकाको तर्फबाट थिसारा पारेराले आक्रमक ब्याटिंग गर्दै २४ बलमा ४३ रन बनाएता पनि अन्य ब्याट्सम्यानले राम्रो ब्याटिंग प्रदर्शन गर्न नसक्दा श्रीलंका सानत्वना जित बाट पनि बन्चित भयो ।   

न्युजिल्यान्डको जितमा लोकी फेर्गुसन र इश सोधीले समान तीन तीन विकेट हात पारे ।  

यस अघि अक्ल्याण्ड भएको खेलमा टस हरेर पहिले ब्याटिंग गरेको न्युजिल्यान्डले २० ओवरमा सात विकेट गुमाउँदै १७९ रन बनायो ।

चौंथो ओवारमा टोलीको २७ रन हुँदा आफ्नो महत्वपुर्ण चार विकेट गुमाएर खराब शुरुवात गरेको न्युजिल्यान्डको पारी सम्हाल्दै त्यस पछी आएका ब्याट्सम्यानहरुले राम्रो ब्याटिंग गर्दै न्युजिल्यान्डलाई राम्रो योगफल सम्म पुर्याए ।

न्युजिल्यान्डको पारी सम्हाल्ने क्रममा सातौं नम्बरमा ब्याटिंग गर्न आएका डग ब्रेसवेलले आक्रमक ब्याटिंग गर्दै २६ बलमा एक चौका र पाँच छक्काको मद्धतमा सर्वाधिक ४४ रन बनाए । त्यस्तै आठौँ नम्बरमा ब्याटिंग गर्न आएका स्कट कुग्गेलेइज्नले पनि १५ बलमा २३३.३३ को स्ट्राइक रेटमा अविजित ३५ रनको आक्रमक पारी खेले ।खेलको म्यान अफ द म्याच घोषित ब्रेसवेल र कुग्गेलेइज्नले बाहेक रस टेलरले पनि ३७ बलमा ३३ रनको योगदान दिए । 

श्रीलंकाको तर्फबाट कसुन राजिथाले सर्वाधिक तीन तथा कप्तान लासिथ मलिङ्गाले दुई विकेट आफ्नो नाममा दर्ता गराए । 

न्युजिल्यान्ड भ्रमणमा जित बिहिन बनेको श्रीलंकाले टेस्ट १-० ले तथा एकदिवसिय खेल ३-० ले हारेको थियो । पहिलो टेस्ट म्याच वर्षाका कारण रद्ध भएको थियो भने दोश्रो तथा अन्तिम टेस्ट म्याच न्युजिल्यान्डले ४२३ रनको विशाल अन्तरले जितेको थियो । त्यस्तै न्युजिल्यान्डले तीन एकदिवसिय खेलमा क्रमश ४५ रन, २१ रन र ११५ रनले जित्दै क्लिन स्विप गरेको थियो ।    



LIVE MATCH CENTER

{{match.teamAName}} - {{match.teamARun}} / {{ match.teamAFOW}} ( {{match.teamAOver}} / {{match.matchOver}} Overs)

VS

{{match.teamBName}} - {{match.teamBRun}} / {{ match.teamBFOW}} ( {{match.teamBOver}} / {{match.matchOver}} Overs)

Click here for Full Scorecard

{{errormessage}}