logo of cricketingnepal.com

टि-ट्वान्टी स्म्याशको खेल तालिकामा परिवर्तन, नेपालको पहिलो खेल चीन बिरुद्ध

Jan 11, 2019 | CN Staff |
यहि जनावरी १२ तारिक (भोली शनिबार) देखि १८ तारिक सम्म थाईल्याण्डमा आयोजना हुने थाईल्याण्ड वोमेंस टि-ट्वान्टी स्म्याशको खेल तालिका परिवर्तन भएको छ । परिवर्तित खेल तालिका अनुसार नेपालले आफ्नो पहिलो खेल भोली नै चीन बिरुद्ध खेल्दै छ । 

दुई समुहमा बिभाजन गरिएको प्रतियोगिताको समूह ए मा नेपाल सहित युएई, चीन, मलेसिया र थाईल्याण्ड ए रहेका छन् । 

प्रतियोगितामा आफ्नो पहिलो खेलमा चीन बिरुद्धको खेल पछि नेपालले त्यसको भोलिपल्ट मलेसिया बिरुद्ध आफ्नो दोश्रो खेल खेल्ने छ । त्यस्तै नेपालले जनावरी १४ मा युएई बिरुद्ध तथा समुह चरणको आफ्नो अन्तिम खेलमा आयोजक राष्ट्र थाईल्याण्ड ए बिरुद्ध जनावरी १६ मा खेल्ने छ । 

यस अघि सार्वजनिक भएको खेल तालिका अनुसार नेपालको खेल तान्जानिया बिरुद्ध जनावरी १२ मा, जनावरी १४ मा नामिबिया बिरुद्ध, जनावरी १५ मा इण्डोनेसिया बिरुद्ध तथा कुवेत बिरुद्ध जनावरी १६ मा रहेको थियो । 

नेपाली टोलीले केहि दिन अघि मात्र रुबिना क्षेत्रीको कप्तानीमा नेपाली टोलीको नाम सार्वजनिक गरेको थियो । नेपाली राष्ट्रिय क्रिकेट टोलीका पुर्व कप्तान तथा यु १९ का प्रशिक्षक बिनोद दास प्रशिक्षक रहेको टोलीमा सिता राना मगरले उपकप्तानको भुमिका निर्वाह गर्ने छिन् ।

नेपाली महिला टोलीले पछिल्लो पटक सन् २०१७ को नोबेम्बरमा आयोजना भएको आईसिसी महिला ट्वेन्टी ट्वेन्टी विश्व कप एशिया छनोटमा सहभागिता जनाएको थियो । 


नेपालको खेल तालिका 
जनावरी १२          नेपाल बिरुद्ध चीन             
जनावरी १३          नेपाल बिरुद्ध मलेसिया  
जनावरी १४          नेपाल बिरुद्ध युएई
जनावरी १६          नेपाल बिरुद्ध थाईल्याण्ड ए


नेपाली टोली 
रुबिना क्षेत्री (कप्तान)
सिता राना मगर (उपकप्तान)
करुणा भण्डारी 
सरिता मगर 
नेरी थापा 
इन्दु बर्मा 
सोनु खड्का 
आरती बिडारी 
काजल श्रेष्ठ 
रोमा थापा 
कविता कुँवर 
डोली भट्ट 
ममता कुमारी चौधरी 
बिन्दु रावल 


बैकल्पिक खेलाडी 
ऋतु कुमारी कनौजिया 
सुमन बिष्ट 
सबनम राई 



LIVE MATCH CENTER

{{match.teamAName}} - {{match.teamARun}} / {{ match.teamAFOW}} ( {{match.teamAOver}} / {{match.matchOver}} Overs)

VS

{{match.teamBName}} - {{match.teamBRun}} / {{ match.teamBFOW}} ( {{match.teamBOver}} / {{match.matchOver}} Overs)

Click here for Full Scorecard

{{errormessage}}