logo of cricketingnepal.com

डु प्लेसिसको स्थानका एल्गरले कप्तानी गर्ने

Jan 11, 2019 | CN Staff |
पाकिस्तान बिरुद्ध जारी टेस्ट शृंखला अन्तर्गत तेश्रो तथा अन्तिम टेस्टमा दक्षिण अफ्रिकाका ओपनर ब्याट्सम्यान डेन एल्गरले कप्तानी गर्ने भएका छन् । 

घरलु टोलीका कप्तान फाफ डु प्लेसिस अन्तरास्ट्रिय क्रिकेट काउन्सिलको प्रतिबन्धका कारण आजबाट जोहनेसबर्गमा शुरु हुने टेस्ट गुमाउने भए पछि उनको स्थानमा एल्गरले कप्तानी गर्न लागेका हुन् ।  

पाकिस्तान बिरुद्धको जारी टेस्ट शृंखला अन्तर्गत दोश्रो टेस्टमा ओवर रेट कम भएका कारण डु प्लेसिस प्रतिबन्धमा परेका हुन् । उनलाई अन्तरास्ट्रिय क्रिकेट काउन्सिल (आईसिसी) ले एक खेलमा प्रतिबन्ध लगाएका आजको टेस्ट गुमाउन लागेका हुन् । 

आईसिसीको नियम अनुसार यदि कुनै टोलीले एक वर्ष भित्रमा दुई पटक ओवर रेट कम गरेको खण्डमा उक्त टोलीका कप्तानले एउटा खेल गुमाउने छ । फाफलाई आईसिसीले गत वर्ष जनावरीमा भारत बिरुद्धको टेस्टका क्रममा ओवर रेट कम भएका कारण जरिवाना तिराएको थियो । 

त्यस्तै उनलाई आफ्नो म्याच फिको २० प्रतिशत जरिवाना लगाउनुको साथै वर रेट कम भएका कारण दक्षिण अफ्रिका टोलीका प्रत्येक सदस्यलाई पनि आफ्नो म्याच फिको १० प्रतिशत जरिवाना लगायो ।  

तीन टेस्ट खेलको शृंखलामा घरेलु टोली दक्षिण अफ्रिका २-० ले अघि छ । दक्षिण अफ्रिकाले सेन्चुरीयन्मा भएको पहिलो टेस्ट छ विकेटले तथा केप टाउनमा भएको दोश्रो टेस्टमा पाकिस्तानलाई नौं विकेटले पराजित गर्दै शृंखला माथि कब्जा जमाइसकेको छ । 


LIVE MATCH CENTER

{{match.teamAName}} - {{match.teamARun}} / {{ match.teamAFOW}} ( {{match.teamAOver}} / {{match.matchOver}} Overs)

VS

{{match.teamBName}} - {{match.teamBRun}} / {{ match.teamBFOW}} ( {{match.teamBOver}} / {{match.matchOver}} Overs)

Click here for Full Scorecard

{{errormessage}}