logo of cricketingnepal.com

सन्दिपको तेश्रो खेल भोली ढाका बिरुद्ध

Jan 11, 2019 | CN Staff |
नेपाली रास्ट्रिय टोलीका युवा लेग स्पिनर सन्दिप लामिछानेले बंगलादेश प्रिमिएर लिग (बिपिएल) आन्तर्गत आफ्नो तेश्रो खेलमा ढाका डाईनामाईट्स बिरुद्ध भोली (शनिबार) खेल्दै छन् । 

शेरे बंगला रास्ट्रिय रंगशाला मिरापुरमा हुने खेल नेपाली समय अनुसार साँझ ५:०५ बजे शुरु हुनेछ । 

सन्दिपले यस अघिका दुई खेलमा दुई विकेट आफ्नो नाममा दर्ता गराएका छन् एक रन आउट पनि गराएका छन् । सन्दिपले दुई खेलमा आठ ओवर बलिङ्ग गर्दै चार दशमलब छ दुईको इकोनोमीमा मात्र ३७ रन खर्चिएका छन् भने १८ दशमलब पाँच शुन्यको औशत तथा २४ को स्ट्राइक रेटमा दुई विकेट । 

पहिलो खेलमा दुई विकेट लिएका सन्दिप दोश्रो खेलमा विकेट बिहिन रहे । उनले पहिलो खेलमा दुई विकेट निकाल्दै १६ रन खर्चिए भने दोश्रो खेलमा २१ रन खर्चिए र विकेट निकाल्न सकेनन् । विकेट बिहिन रहेता पनि उनले ३८ बलमा २२ रन बनाएका क्यामरुन डेलपोर्टलाई पोइन्टबाट डाइरेक्ट हिटमा रन आउट गराएका थिए । 

दोश्रो खेलको आफ्नो पहिलो ओवरमा मात्र चार रन खर्चिएका सन्दिपले दोश्रो ओवारमा मात्र तीन रन खर्चिएका थिए । त्यस्तै उनले तेश्रो ओवरमा पाँच रन खर्चिए भने चौथों तथा अन्तिम ओवारमा एक चौका सहित नौं रन खर्चिए ।  

सन्दिपले बंगलादेश प्रिमिएर लिगमा उत्कृस्ट डेब्यु गर्दै चार ओवरमा १६ रन खर्चिएर दुई विकेट हात पारेका थिए । दक्षिण अफ्रीकाका भेट्रान लेग स्पिनर इमरान ताहिर भन्दा पहिलो रोजाईमा परेका सन्दिपले टोलीको निर्णयमा खरो उत्रिंदै आफ्नो पहिलो खेलमा नै राम्रो प्रदर्शन गर्न सफल भएका थिए । सन्दिपले उत्कृस्ट बलिङ्ग गरेता पनि उनको टोलीले भने कोमिल्ला भिक्टोरियन्स बिरुद्ध चार विकेटको हार ब्यहोरेको थियो । 

सन्दिपले आफ्नो पहिलो खेलको तेश्रो ओवरको अन्तिम बलमा पाकिस्तानका सोएब मालिकलाई तथा चौथों ओवरको दोश्रो बलमा अनामुल हकलाई आफ्नो शिकार बनाएका थिए । सन्दिपले २० बलमा १३ रन बनाएका मलिकलाई सब्बिर रहमानको हातबाट क्याच थमाउँदै आउट बनाएका हुन् भने पाँच बलमा पाँच रन बनाएका हकलाई बोल्ड गरे । 

सन्दिपको टोली सिलहेट सिक्सर्सले दुई खेल खेल्दै एक जित र एक हार व्यहोर्दै अंक तालिकाको चौथों स्थानमा छ । शकिब अल हसनको कप्तानीमा रहेको ढाका भने दुई खेलका दुईमा नै जित निकाल्दै अंक तालिकाको पहिलो स्थानमा छ ।  




LIVE MATCH CENTER

{{match.teamAName}} - {{match.teamARun}} / {{ match.teamAFOW}} ( {{match.teamAOver}} / {{match.matchOver}} Overs)

VS

{{match.teamBName}} - {{match.teamBRun}} / {{ match.teamBFOW}} ( {{match.teamBOver}} / {{match.matchOver}} Overs)

Click here for Full Scorecard

{{errormessage}}