logo of cricketingnepal.com

नेपाल बिरुद्धको शृंखलाका लागि नावेदको कप्तानीमा युएई

Jan 10, 2019 | CN Staff |
आगामी महिना माघ १० गतेबाट आयोजना हुने नेपाल बिरुद्धको एकदिवसीय तथा ट्वान्टी ट्वान्टी शृंखलाको लागि तिब्र गतिका बलर मोहम्मद नावेदको कप्तानीमा युएईले १६ सदस्य टोलीको नाम सार्वजनिक गरेको छ ।

युएईका कप्तान रोहन मुस्तफा कारबाहीमा परेका कारण नेपाल बिरुद्धको शृंखलामा खेल्न नपाउने भए पछि नावेदलाई कप्तानीको भूमिका दिइएको हो ।

नावेदले नेपालमा हालै सम्पन्न पोखरा प्रिमिएर लिगमा पोखरा पल्टनबाट र एभरेस्ट प्रिमिएर लिगमा भैरहवा ग्ल्याडियटर्सबाट खेलेका थिए ।

नेपाली राष्ट्रिय क्रिकेट टोलीले गर्ने युएई भ्रमणका क्रममा तीन एकदिवसिय र तीन ट्वान्टी ट्वान्टी अन्तरास्ट्रीय खेल खेल्ने छ । नेपालले एकदिवसिय मान्यता पाए पछि यो दोश्रो भ्रमण हो । नेपालले जिम्बाब्वेमा आयोजना भएको बिश्वकप छनोट पछि चार वर्षको लागि एकदिवसिय मन्यता पाएको थियो र नेपालले अगष्टमा नेदरल्यांड्स विरुद्ध उसकै घरेलु मैदानमा दुई एकदिवसिय खेल खेलेको थियो जसमा एकमा जित र एकमा हारको सामना गरेको थियो । 

नेपालले पहिलो एकदिवसिय खेल माघ ११ मा खेल्ने भएको छ । त्यस्तै दोश्रो एकदिवसिय माघ १२ मा हुने छ भने माघ १३ मा रेस्ट डे रहेको छ । नेपालले युएई बिरुद्धको तेश्रो तथा अन्तिम एकदिवसिय खेल माघ १४ मा खेल्ने छ । नेपालले माघ १५ मा बिश्राम गर्ने र माघ १६ मा अभ्यास गर्ने कार्यक्रम पनि रहेको छ । नेपालले माघ १७ मा पहिलो ट्वान्टी ट्वान्टी, माघ १८ मा दोश्रो ट्वान्टी ट्वान्टी र माघ २० मा तेश्रो ट्वान्टी ट्वान्टी खेल्दै युएई भ्रमण समाप्त गर्ने छ । 

हाल नेपाल क्रिकेट संघ (क्यान) अन्तरास्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) को प्रतिबन्धमा परेकाले नेपालले आईसीसी मार्फत युएईसँगको शृंखला खेल्ने बेवस्ता मिलाएको हो ।

नेपाल बिरुद्धको शृंखलाको लागि १६ सदस्य युएई टोली
  • मोहम्मद नावेद (कप्तान)
  • मोहमद उस्मान
  • अश्फाक अहमद
  • चिराग सुरी
  • शैमान अनवर
  • मोहम्मद बुटा
  • गुलाम शब्बिर
  • इमरान हैदर
  • ताहिर मुघल
  • आमिर हायत
  • ज़हूर खान
  • क्वदॆर अहमद
  • फाहद नवाज
  • अब्दुल शकूर
  • सुल्तान अहमद
  • सिपी रिजवान

नेपालको युएई भ्रमणको तालिका 
  • माघ ८            दुबई पुग्ने 
  • माघ ९            अभ्यास  
  • माघ १०           अभ्यास 
  • माघ ११           पहिलो एकदिवसिय  
  • माघ १२          दोश्रो एकदिवसिय  
  • माघ १३         बिश्राम  
  • माघ १४          तेश्रो एकदिवसिय  
  • माघ १५          बिश्राम  
  • माघ १६           अभ्यास 
  • माघ १७          पहिलो ट्वान्टी ट्वान्टी 
  • माघ १८          दोश्रो ट्वान्टी ट्वान्टी 
  • माघ १९           बिश्राम  
  • माघ २०          तेश्रो ट्वान्टी ट्वान्टी 


LIVE MATCH CENTER

{{match.teamAName}} - {{match.teamARun}} / {{ match.teamAFOW}} ( {{match.teamAOver}} / {{match.matchOver}} Overs)

VS

{{match.teamBName}} - {{match.teamBRun}} / {{ match.teamBFOW}} ( {{match.teamBOver}} / {{match.matchOver}} Overs)

Click here for Full Scorecard

{{errormessage}}