logo of cricketingnepal.com

एल्बी मोर्केलले लिए क्रिकेटबाट सन्यास

Jan 09, 2019 | CN Staff |
दक्षिण अफ्रिकाका पुर्व अलराउण्डर एल्बी मोर्केलले सबै क्रिकेटबाट सन्यास लिएका छन् । मोर्केलले ट्विटर मार्फत सन्यासको घोषणा गरेका हुन् ।

३७ वर्षीय मोर्केलले पछिल्लो पटक दक्षिण अफ्रिकाको जर्सीमा सन् २०१५ मा भारत विरुद्धको ट्वान्टी ट्वान्टीमा देखा परेका थिए भने उनले अन्तिम एकदिवसीय खेल न्युजिल्यान्ड बिरुद्ध सन् २०१२ मा खेलेका थिए । 

मोर्केलले ट्वान्टी ट्वान्टीमा दक्षिण अफ्रिकाबाट ३८ पारीमा ५७२ रन बनाएका थिए भने ४६ परिमा २६ विकेट आफ्नो नाममा दर्ता गराएका थिए। त्यस्तै उनले एकदिवसीयमा ४३ पारीमा ७८२ रन तथा ५२ पारीमा ५० विकेट लिएका थिए । एक मात्र टेस्ट खेलेका उनले ५८ रन बनाउनुका साथै एक विकेट पनि लिएका थिए ।

सन् १९९९-२००० को सिजनबाट घरेलु क्रिकेट खेल्न शुरु गरेका मोर्केल मध्यम गतिको बलिङ्ग र आक्रमक ब्याटिंगका लागि परिचित थिए । उनले इन्डियन प्रिमिएर लिग (आईपिएल) मा चेन्नाई सुपर किंग्स, दिल्ली डेयरडेविल्स, रोयल च्यालेन्जर्स ब्यङ्गलोर जस्ता चर्चित टोलीबाट खेलिसकेका छन् । उनले चेन्नाईको तर्फबाट ९१ विकेट निकाल्दै टोलीको लागि धेरै विकेट लिने बलरको सुचीमा तेश्रो नम्बरमा रहेका छन् ।

उनले दक्षिण अफ्रिकाको घरेलु क्रिकेटमा भने टाइटान्सको लागि खेल्ने गर्दथे । उनले टाइटान्सको कप्तानी गर्दै सन् २०१५ देखि सन् २०१८ सम्म लगातार तीन पटक आफ्नो टोलीलाई घरेलु ट्वान्टी ट्वान्टीको उपाधि पनि दिलाएका थिए ।


LIVE MATCH CENTER

{{match.teamAName}} - {{match.teamARun}} / {{ match.teamAFOW}} ( {{match.teamAOver}} / {{match.matchOver}} Overs)

VS

{{match.teamBName}} - {{match.teamBRun}} / {{ match.teamBFOW}} ( {{match.teamBOver}} / {{match.matchOver}} Overs)

Click here for Full Scorecard

{{errormessage}}