logo of cricketingnepal.com

दोश्रो खेलमा विकेट बिहिन सन्दिप, २१ रन खर्चिए, एक रन आउट

Jan 09, 2019 | CN Staff |
नेपाली राष्ट्रिय टोलीका युवा लेग स्पिनर सन्दिप लामिछानेले बंगलादेश प्रिमिएर लिग अन्तर्गतको सिल्हेट सिक्सर्सको लागि दोश्रो खेलमा चित्तागोंग विकिंग्स बिरुद्धको विकेट बिहिन भएका छन् । चार ओवर बलिङ्ग गरेका उनले २१ रन खर्चिए । 

आफ्नो पहिलो ओवरमा मात्र चार रन खर्चिएका सन्दिपले दोश्रो ओवारमा मात्र तीन रन खर्चिएका थिए । त्यस्तै उनले तेश्रो ओवरमा पाँच रन खर्चिए भने चौथों तथा अन्तिम ओवारमा एक चौका सहित नौं रन खर्चिए।  


विकेट बिहिन रहे पनि सन्दिपले ३८ बलमा २२ रन बनाएका क्यामरुन डेलपोर्टलाई रन आउट गराएका थिए । पोइन्टमा सन्दिपले डेलपोर्टलाई डाइरेक्ट हिटमा रन आउट गराएका हुन् । 


सन्दिपले बंगलादेश प्रिमिएर लिगमा उत्कृस्ट डेब्यु गर्दै अघिल्लो खेलमा चार ओवरमा १६ रन खर्चिएर दुई विकेट हात पारे । सन्दिपले उत्कृस्ट बलिङ्ग गरेता पनि उनको टोलीले भने कोमिल्ला भिक्टोरियन्स बिरुद्ध चार विकेटको हार ब्यहोरेको थियो । दक्षिण अफ्रीकाका भेट्रान लेग स्पिनर इमरान ताहिर भन्दा पहिलो रोजाईमा परेका सन्दिपले टोलीको निर्णयमा खरो उत्रिंदै आफ्नो पहिलो खेलमा नै राम्रो प्रदर्शन गर्न सफल भएका थिए ।  


LIVE MATCH CENTER

{{match.teamAName}} - {{match.teamARun}} / {{ match.teamAFOW}} ( {{match.teamAOver}} / {{match.matchOver}} Overs)

VS

{{match.teamBName}} - {{match.teamBRun}} / {{ match.teamBFOW}} ( {{match.teamBOver}} / {{match.matchOver}} Overs)

Click here for Full Scorecard

{{errormessage}}