logo of cricketingnepal.com

सन्दिपले तेश्रो ओवरमा खर्चिए पाँच रन, तीन ओवरमा १२ रन खर्चिए

Jan 09, 2019 | CN Staff |
नेपाली राष्ट्रिय टोलीका युवा लेग स्पिनर सन्दिप लामिछानेले बंगलादेश प्रिमिएर लिग अन्तर्गतको सिल्हेट सिक्सर्सको लागि दोश्रो खेलमा चित्तागोंग विकिंग्स बिरुद्धको खेलमा आफ्नो तेश्रो ओवरमा पाँच रन खर्चिएका छन् । 

आफ्नो पहिलो ओवरमा मात्र चार रन खर्चिएका सन्दिपले दोश्रो ओवारमा मात्र तीन रन खर्चिएका थिए । 

त्यस्तै सन्दिप ३८ बलमा २२ रन बनाएका क्यामरुन डेलपोर्टलाई रन आउट गराएका थिए । पोइन्टमा सन्दिपले डेलपोर्टलाई डाइरेक्ट हिटमा रन आउट गराएका हुन् । 

खेलमा सिल्हेटले टस जितेर पहिले ब्याटिंग गर्ने निर्णय गरेको सिल्हेटले चित्तागोंगलाई १६९ रनको लक्ष्य दिएको छ ।

पहिलो तीन ओवरमा तीन विकेट गुमाएको सिल्हेटले २० ओवरमा पाँच विकेट गुमाएर १६८ रन बनायो । सिल्हेटको लागि कप्तान डेविड वार्नरले ४७ बलमा सर्वाधिक ५९ रन बनाए भने निकोलस पुरणले पनि ३२ बलमा ५२ रन बनाए । 

सन्दिपले बंगलादेश प्रिमिएर लिगमा उत्कृस्ट डेब्यु गर्दै अघिल्लो खेलमा चार ओवरमा १६ रन खर्चिएर दुई विकेट हात पारे । सन्दिपले उत्कृस्ट बलिङ्ग गरेता पनि उनको टोलीले भने कोमिल्ला भिक्टोरियन्स बिरुद्ध चार विकेटको हार ब्यहोरेको थियो । दक्षिण अफ्रीकाका भेट्रान लेग स्पिनर इमरान ताहिर भन्दा पहिलो रोजाईमा परेका सन्दिपले टोलीको निर्णयमा खरो उत्रिंदै आफ्नो पहिलो खेलमा नै राम्रो प्रदर्शन गर्न सफल भएका थिए ।  

सन्दिपले आफ्नो तेश्रो ओवरको अन्तिम बलमा पाकिस्तानका पुर्व कप्तान सोएब मालिकलाई तथा चौथों ओवरको दोश्रो बलमा अनामुल हकलाई आफ्नो शिकार बनाएका थिए । उनले २० बलमा १३ रन बनाएका मलिकलाई सब्बिर रहमानको हातबाट क्याच थमाउँदै आउट बनाएका हुन् भने पाँच बलमा पाँच रन बनाएका हकलाई बोल्ड गरेका हुन् । 



LIVE MATCH CENTER

{{match.teamAName}} - {{match.teamARun}} / {{ match.teamAFOW}} ( {{match.teamAOver}} / {{match.matchOver}} Overs)

VS

{{match.teamBName}} - {{match.teamBRun}} / {{ match.teamBFOW}} ( {{match.teamBOver}} / {{match.matchOver}} Overs)

Click here for Full Scorecard

{{errormessage}}