logo of cricketingnepal.com

सन्दिपले गराए रन आउट

Jan 09, 2019 | CN Staff |
नेपाली राष्ट्रिय टोलीका युवा लेग स्पिनर सन्दिप लामिछानेले बंगलादेश प्रिमिएर लिग अन्तर्गतको सिल्हेट सिक्सर्सको लागि दोश्रो खेलमा चित्तागोंग विकिंग्स बिरुद्धको खेलमा ३८ बलमा २२ रन बनाएका क्यामरुन डेलपोर्टलाई रन आउट गराएका छन् ।

पोइन्टमा सन्दिपले डेलपोर्टलाई डाइरेक्ट हिटमा रन आउट गराएका हुन् । 

सन्दिपले आफ्नो पहिलो ओवरमा मात्र चार रन खर्चिए । उनले पहिलो बलमा दुई तथा तेश्रो र अन्तिम बलमा एक एक रन खर्चिए भने बाँकी तीन बलमा कुनै रन दिएनन् । 

खेलमा सिल्हेटले टस जितेर पहिले ब्याटिंग गर्ने निर्णय गरेको सिल्हेटले चित्तागोंगलाई १६९ रनको लक्ष्य दिएको छ ।

पहिलो तीन ओवरमा तीन विकेट गुमाएको सिल्हेटले २० ओवरमा पाँच विकेट गुमाएर १६८ रन बनायो । सिल्हेटको लागि कप्तान डेविड वार्नरले ४७ बलमा सर्वाधिक ५९ रन बनाए भने निकोलस पुरणले पनि ३२ बलमा ५२ रन बनाए । 

सन्दिपले बंगलादेश प्रिमिएर लिगमा उत्कृस्ट डेब्यु गर्दै अघिल्लो खेलमा चार ओवरमा १६ रन खर्चिएर दुई विकेट हात पारे । सन्दिपले उत्कृस्ट बलिङ्ग गरेता पनि उनको टोलीले भने कोमिल्ला भिक्टोरियन्स बिरुद्ध चार विकेटको हार ब्यहोरेको थियो । दक्षिण अफ्रीकाका भेट्रान लेग स्पिनर इमरान ताहिर भन्दा पहिलो रोजाईमा परेका सन्दिपले टोलीको निर्णयमा खरो उत्रिंदै आफ्नो पहिलो खेलमा नै राम्रो प्रदर्शन गर्न सफल भएका थिए ।  

सन्दिपले आफ्नो तेश्रो ओवरको अन्तिम बलमा पाकिस्तानका पुर्व कप्तान सोएब मालिकलाई तथा चौथों ओवरको दोश्रो बलमा अनामुल हकलाई आफ्नो शिकार बनाएका थिए । उनले २० बलमा १३ रन बनाएका मलिकलाई सब्बिर रहमानको हातबाट क्याच थमाउँदै आउट बनाएका हुन् भने पाँच बलमा पाँच रन बनाएका हकलाई बोल्ड गरेका हुन् । 

सन्दिपले आफ्नो पहिलो ओवरमा पाँच, दोश्रो ओवरमा तीन, तेश्रो ओवरमा छ तथा चौथों तथा अन्तिम ओवरमा दुई रन खर्चिएका थिए । 




LIVE MATCH CENTER

{{match.teamAName}} - {{match.teamARun}} / {{ match.teamAFOW}} ( {{match.teamAOver}} / {{match.matchOver}} Overs)

VS

{{match.teamBName}} - {{match.teamBRun}} / {{ match.teamBFOW}} ( {{match.teamBOver}} / {{match.matchOver}} Overs)

Click here for Full Scorecard

{{errormessage}}