logo of cricketingnepal.com

पाकिस्तान बिरुद्धको टेस्ट शृंखला दक्षिण अफ्रिकालाई, दोश्रो टेस्टमा नौं विकेटको जित

Jan 06, 2019 | CN Staff |
घरेलु टोली दक्षिण अफ्रिकाले दोश्रो टेस्टमा पाकिस्तानलाई नौं विकेटले पराजित गर्दै शृंखला माथि कब्जा जमाएको छ । दोश्रो टेस्टमा जित हात पारेको दक्षिण अफ्रिकाले तीन टेस्ट खेलको शृंखलामा २-० को अग्रता लिएको छ ।

दोश्रो पारीमा जितका लागि ४१ रनको लक्ष्य लिएर मैदानमा ओर्लिएको दक्षिण अफ्रिकाले नौ दशमलब पाँच ओवरमा एक विकेट गुमाउँदै जित हात पारेको हो । दोश्रो पारीमा डिन एल्गरले अविजित रहँदै सर्वाधिक २४ रन बनाए ।

कप टाउनमा भएको खेलमा टस हारेर पहिले ब्याटिंग गरेको पाकिस्तानले आफ्नो पहिलो पारीमा मात्र १७७ मा समेटिन पुग्यो । पाकिस्तानको तर्फबाट कप्तान सरफराज अहमदले ८१ बल खेल्दै सर्वाधिक ५६ रन बनाए भने शान मसुदले ४४, मोहम्मद आमिरले २२ तथा असद शफिकले २० रनको योगदान दिए भने अन्य ब्याट्सम्यानले दोहोरो अंकमा रन बनाउन सकेनन् ।    

पाकिस्तानको पारी धोस्त पार्ने क्रममा दुआन्ने ओलिभियरले सर्वाधिक चार विकेट लिए भने डेल स्टेनले तीन, कागिसो रबाडाले पनि आफ्नो नाममा दुई विकेट दर्ता गराए ।

कप्तान फाफ डु प्लेसिसले शतक तथा एडेन मार्क्रम, टेम्बा बभुमा र क्वान्टन डि ककले अर्ध शतक प्रहार गरे पछि दक्षिण अफ्रिकाले आफ्नो पहिलो पारीमा अल आउट हुँदै ४३१ रनको विशाल योगफल बनायो पहिलो पारीमा २५४ रनको लिड लियो ।

दक्षिण अफ्रिकाको लागि पाँचौं नम्बरमा ब्याटिंग गर्न आएका कप्तान डु प्लेसिसले २२६ बल खेल्दै सर्वाधिक १०३ रन बनाए भने ओपनर मार्क्रमले ७८, बभुमाले ७५ तथा विकेट किपर ब्याट्सम्यान डि ककले ७८ बलमा ५९ रनको योगदान दिए ।

पाकिस्तानका मोहम्मद आमिर र शाहिन अफ्रिदीले समान चार चार विकेट लिए ।  

पहिलो पारीको आधारमा २५४ रनले पछि परेको पाकिस्तानले दोश्रो पारीमा पनि खराब ब्याटिंग गर्दै २९४ रनमा समेटियो र ४० रनको अग्रता लिंदै दक्षिण अफ्रिकालाई मात्र ४१ रनको लक्ष्य दियो ।

दोश्रो पारीमा पाकिस्तानको तर्फबाट सर्वाधिक रन बटुलेका असद शफिकले ११८ बल खेल्दै आक्रमक ८८ रन बनाए । उनी बाहेक बाबर अजामले ७२ तथा शान मसुदले ६१ रनको योगदान दिए ।  

दोश्रो पारीमा दक्षिण अफ्रिका डेल स्टेन र कागिसो रवाडाले समान चार चार विकेट हात पारे । 

आफ्नो पहिलो परिमा दक्षिण अफ्रिकालाई विशाल योगफल बनाउने क्रममा शतक प्रहार गरेका कप्तान फाफ डु प्लेसिस खेलको म्यान अफ द म्याच घोषित भए । 

दक्षिण अफ्रिकाले सेन्चुरीयन्मा भएको पहिलो टेस्ट छ विकेटले जितेको थियो ।    



LIVE MATCH CENTER

{{match.teamAName}} - {{match.teamARun}} / {{ match.teamAFOW}} ( {{match.teamAOver}} / {{match.matchOver}} Overs)

VS

{{match.teamBName}} - {{match.teamBRun}} / {{ match.teamBFOW}} ( {{match.teamBOver}} / {{match.matchOver}} Overs)

Click here for Full Scorecard

{{errormessage}}