logo of cricketingnepal.com

बंगलादेश प्रिमिएर लिगमा सन्दिपको उत्कृस्ट डेब्यु

Jan 06, 2019 | CN Staff |
नेपाली रास्ट्रिय टोलीका युवा लेग स्पिनर सन्दिप लामिछानेले बंगलादेश प्रिमिएर लिग (बिपिएल) को आफ्नो डेब्यु खेलमा उत्कृस्ट बलिङ्ग प्रदर्शन गरेका छन् ।
सन्दिपले चार ओवर बलिङ्ग गर्दै १६ रन खर्चिएर दुई विकेट हात पारे । सन्दिपले आफ्नो तेश्रो ओवरको अन्तिम बलमा पाकिस्तानका सोएब मालिकलाई तथा चौथों ओवरको दोश्रो बलमा अनामुल हकलाई आफ्नो शिकार बनाएका हुन् ।  

सन्दिपले २० बलमा १३ रन बनाएका मलिकलाई सब्बिर रहमानको हातबाट क्याच थमाउँदै आउट बनाएका हुन् भने पाँच बलमा पाँच रन बनाएका हकलाई बोल्ड गरेका हुन् । 

सन्दिपले आफ्नो पहिलो ओवरमा पाँच, दोश्रो ओवरमा तीन, तेश्रो ओवरमा छ तथा चौथों तथा अन्तिम ओवरमा दुई रन खर्चिए । 

यस अघि टस हारेर पहिले ब्याटिंग गरेको सिलहेट सिक्सर्सको कोमिल्ला भिक्टोरियन्सलाई १२८ रनको लक्ष्य दिएको छ । निकोलस पूरणले २६ बलमा ४१ रनको पारी खेले पछि सिलहेटले २० ओवरमा आठ विकेट गुमाएर १२७ रन बनायो । आजको खेलमा डेब्यु गर्दै नवौं नम्बरमा ब्याटिंग गर्न आएका सन्दिपले दुई बल खेल्दै एक रन बनाए । 

अस्ट्रेलियामा जारी बिग ब्यास लिगमा चार खेल खेलेर सन्दिप बंगलादेश आएका हुन् । उनले अस्ट्रेलियामा चार खेलमा आठ विकेट लिएका थिए ।



LIVE MATCH CENTER

{{match.teamAName}} - {{match.teamARun}} / {{ match.teamAFOW}} ( {{match.teamAOver}} / {{match.matchOver}} Overs)

VS

{{match.teamBName}} - {{match.teamBRun}} / {{ match.teamBFOW}} ( {{match.teamBOver}} / {{match.matchOver}} Overs)

Click here for Full Scorecard

{{errormessage}}