logo of cricketingnepal.com

सन्दिपलाई पहिलो सफलता, लिए शोएब मलिकको विकेट

Jan 06, 2019 | CN Staff |
नेपाली रास्ट्रिय टोलीका युवा लेग स्पिनर सन्दिप लामिछानेले बंगलादेश प्रिमिएर लिग (बिपिएल) को आफ्नो पहिलो खेलमा पहिलो सफलता मिलेको छ। सन्दिपले २० बलमा १३ रन बनाएका मलिकलाई सब्बिर रहमानको हातबाट क्याच थमाउँदै आउट बनाएका हुन् । 

सन्दिपले आफ्नो तेश्रो ओवरमा सात रन खर्चिएर एक विकेट हात पारेका हुन् ।   उनको आफ्नो दोश्रो ओवरमा दुई तथा पहिलो ओवरमा मात्र पाँच रन खर्चिए 

यस अघि टस हारेर पहिले ब्याटिंग गरेको सिलहेट सिक्सर्सको कोमिल्ला भिक्टोरियन्सलाई १२८ रनको लक्ष्य दिएको छ । निकोलस पूरणले २६ बलमा ४१ रनको पारी खेले पछि सिलहेटले २० ओवरमा आठ विकेट गुमाएर १२७ रन बनायो । आजको खेलमा डेब्यु गर्दै नवौं नम्बरमा ब्याटिंग गर्न आएका सन्दिपले दुई बल खेल्दै एक रन बनाए । 

अस्ट्रेलियामा जारी बिग ब्यास लिगमा चार खेल खेलेर सन्दिप बंगलादेश आएका हुन् । उनले अस्ट्रेलियामा चार खेलमा आठ विकेट लिएका थिए ।



LIVE MATCH CENTER

{{match.teamAName}} - {{match.teamARun}} / {{ match.teamAFOW}} ( {{match.teamAOver}} / {{match.matchOver}} Overs)

VS

{{match.teamBName}} - {{match.teamBRun}} / {{ match.teamBFOW}} ( {{match.teamBOver}} / {{match.matchOver}} Overs)

Click here for Full Scorecard

{{errormessage}}