logo of cricketingnepal.com

बंगलादेश प्रिमिएर लिगमा डेब्यु गर्दै सन्दिप, कोमिल्ला बिरुद्ध प्लेइङ्ग ११ मा

Jan 06, 2019 | CN Staff |
नेपाली रास्ट्रिय टोलीका युवा लेग स्पिनर सन्दिप लामिछानेले बंगलादेश प्रिमिएर लिग (बिपिएल) मा डेब्यु गर्ने भएका छन् । आफ्नो टोली सिलहेट सिक्सर्सको पहिलो खेल कोमिल्ला भिक्टोरियन्स बिरुद्ध सन्दिप प्लेइङ्ग ११ मा पर्दै बिपिएलमा डेब्यु गर्न लागेका हुन् ।

शेरे बंगला रास्ट्रिय रंगशाला मिरापुरमा शुरु हुन लागेको खेलमा कोमिल्लाले टस जितेर पहिले बलिङ्ग गर्ने निर्णय गरेको छ । सन्दिपको टोलि सिलहेटले पहिले ब्याटिंग गर्नेछ । 

अस्ट्रेलियामा जारी बिग ब्यास लिगमा चार खेल खेलेर सन्दिप बंगलादेश आएका हुन् । उनले अस्ट्रेलियामा चार खेलमा आठ विकेट लिएका थिए ।  

बिग ब्यास लिगमा उत्कृस्ट डेब्यु गर्दै सिड्नी थन्डर्स बिरुद्धको खेलमा सन्दिपले चार ओवर बलिङ्ग गर्दै ३७ रन खर्चिएर दुई विकेट हात पारेका थिए भने दोश्रो खेलमा होबर्ट हर्रिकेन्स बिरुद्ध चार ओवर बलिङ्ग गर्दै २४ रन खर्चिएर तीन विकेट लिएका थिए । मेलबर्नले  होबर्टको चार विकेट झार्दा सन्दिप एक्लैले तीन विकेट लिएका थिए ।

सन्दिपले आफ्नो तेश्रो खेलमा सिड्नी सिक्सर्स बिरुद्ध चार ओवर बलिङ्ग गर्दै १६ रन खर्चिएर दुई विकेट हात पारे भने मेलबर्न रेनेगेड बिरुद्धको अन्तिम खेलमा चार ओवर बलिङ्ग गर्दै ३१ रन खर्चिएर एक विकेट हात पारेका थिए ।   



LIVE MATCH CENTER

{{match.teamAName}} - {{match.teamARun}} / {{ match.teamAFOW}} ( {{match.teamAOver}} / {{match.matchOver}} Overs)

VS

{{match.teamBName}} - {{match.teamBRun}} / {{ match.teamBFOW}} ( {{match.teamBOver}} / {{match.matchOver}} Overs)

Click here for Full Scorecard

{{errormessage}}