logo of cricketingnepal.com

तेश्रो टेस्टमा अस्ट्रेलियालाई १३७ रनले पराजित भारत शृंखलामा २-१ ले अघि

Dec 30, 2018 | CN Staff |
घरेलु टोली अस्ट्रेलिया बिरुद्धको तेश्रो टेस्ट पाँचौ तथा अन्तिम दिन भारतले १३७ रनको फराकिलो जित हात पारेको छ । यस जितसँगै चार टेस्ट म्याचको शृंखलामा भारत २-१ ले अघि रहेको छ । 

जितका लागि दोश्रो पारीमा ३९८ रनको विशाल लक्ष्य पक्ष्याएको अस्ट्रेलियाले ८९ दशमलब तीन ओवरमा आफ्ना सबै विकेट गुमाएर मात्र २६१ रन बनाउन सक्यो ।चौथों दिनको खेलको समाप्तीमा ८५ ओवर खेल्दै आठ विकेटको नोक्सानीमा २५२ रन बनाएको अस्ट्रेलियाले अन्तिम दिन मात्र नौ रन जोड्दै बाँकी दुई विकेट गुमाए पछि खेल १३७ रनको हारको सामना गर्यो । 

७० दशमलब पाँच ओवरमा आफ्नो आठ विकेट गुमाएको अस्ट्रेलियाको लागि प्याट कमिन्स र न्याथन लयोनले ९औं विकेटका लागि ४३ रन जोडे पछि अस्ट्रेलियाले पाँचौ दिन सम्मका लागि खेल लम्ब्याउन सकेको हो । अन्तिम दिनको खेलमा वर्षा वाधक भए पछि ढिला गरेर सुरु भएको खेलमा आघिल्लो दिन ६१ रनमा अविजित रहेका प्याट कमिन्स दुई रन जोड्दै तथा न्याथन लयोन एक रन जोड्दै सात रन बनाएर आउट भए । 

दोश्रो पारीमा अस्ट्रेलियाको तर्फबाट सन मार्शले ७२ बल खेल्दै ४४ रन बनाए भने ट्राविस हेडले ३४, उस्मान खवाजाले ३३ र कप्तान टिम पेनले २६ रनको योगदान दिए । 

भारतका रविन्द्र जडेजाले र खेलको म्यान अफ द म्याच घोषित जस्प्रित बुम्राले सर्वाधिक तीन तीन विकेट लिए भने इशान्त शर्मा र मोहम्मद शामीले पनि दुई दुई विकेट हात पारे । बुम्राले यस टेस्टमा कुल नौं विकेट हात पारे ।  

यस अघि फलोअनमा परेको अस्ट्रेलियालाई फलोअन नदिएर आफैंले ब्याटिंग गरेको भारतले दोश्रो पारीमा ३७ दशमलब तीन ओवरमा आठ विकेट गुमाएर १०६ रन बनाउँदै आफ्नो पारीको घोषणा गर्यो । चौथों दिनको खेल भारतले पाँच विकेटको क्षतीमा ५४ रनको स्थितीबाट शुरु गरेको थियो । 

भारतको तर्फबाट डेब्युट्यान्ट मायंक अगरवालले १०२ बलको सामना गर्दै सर्वाधिक ४२ रन बनाए भने विकेट किपर ब्याट्सम्यान रिशब पन्तले पनि ४३ बलमा ३३ रनको पारी खेले । उनीहरुले छैठौं विकेटका लागि ३९ रनको साझेदारी गरे ।

भारतको तर्फबाट हनुमान बिहारीलाई १३, चेतेश्वर पुजारा र कप्तान बिराट कोहलीलाई शुन्य शुन्य तथा अजिंक्य रहानेलाई एक, रोहित शर्मा पाँच तथा रविन्द्र जडेजा पाँच रनमा आउट भए । 

टस जितेर पहिले ब्याटिंग गरेको भारतले चेतेश्वर पुजाराको शतक तथा मायंक अगरवाल, कप्तान बिराट कोहली र रोहित शर्माको अर्धशतकमा भारतले सात विकेटको नोक्सानीमा ४४३ रन बनाएर आफ्नो पहिलो पारी सकिएको घोसणा गर्यो ।

भारतको तर्फबाट चेतेश्वर पुजाराले सर्वाधिक १०६ रन बनाए । यस शृंखलाको दोश्रो तथा आफ्नो खेल जिवनको १७औं शतक प्रहार गरेका पुजाराले ३१९ बलको सामना गर्दै १० चौका प्रहार गरे । प्याट कमिन्सको बलमा बोल्ड भएका पुजाराले तेश्रो विकेटका लागि भारतक कप्तान बिराट कोहलीसँग मिलेर १७० रनको साझेदारी गर्दै भारतलाई बलियो स्थितिमा पुराएका थिए ।

पुजारा बाहेक शतक बनाउनबाट चुकेका कप्तान कोहलीले मिचेल स्टार्र्कको बलमा एरोन फिंचको हातबाट क्याच आउट हुनु अघि मिचेल स्टार्र्कको बलमा एरोन फिंचको हातबाट क्याच आउट हुन पुगे । शतक बनाउन चुकेका कोहलीले कुल २०४ बल खेल्दै नौं चौकाको मद्धतमा ८२ रन प्रहार गरे ।  

भारतको लागि पहिलो पारीमा यस टेस्टमा डेब्यु गरेका मायंक अगरवालले १६१ बल खेल्दै ७६, रोहित शर्माले अविजित रहँदै ११४ बलमा ६३, विकेट किपर ब्याट्सम्यान रिशब पन्तले ७६ बलमा ३९ तथा अजिन्के अजिन्क्या रहानेले ७६ बलमा ३४ रनको योगदान दिए ।

अस्ट्रेलियाको तर्फबाट पहिलो पारीमा प्याट कमिन्सले सर्वाधिक तीन विकेट लिए भने मिचेल स्टार्र्कले दुई विकेट आफ्नो नाममा दर्ता गराए । 

भारतका तिब्र गतिका बलर जस्प्रित बुम्राले घातक बलिङ्ग गर्दै छ विकेट निकाले पछि घरेलु टोली अस्ट्रेलिया आफ्नो पहिलो पारीमा मात्र १५१ रनमा समेटिएको थियो । अस्ट्रेलियाले भारतले पहिलो पारीमा बनाएको ४४३ रन भन्दा २९२ रनले पछि रहेको थियो । 

अस्ट्रेलियाको पारी धोस्त पार्ने क्रममा बुम्राले १५ दशमलब पाँच ओवर बलिङ्ग गर्दै ३३ रन खर्चिएर छ विकेट हात पारेका हुन् । बुम्रा बाहेक रविन्द्र जडेजाले दुई तथा इशान्त शर्मा र मोहम्मद शामीले पनि आफ्नो नाममा एक एक विकेट दर्ता गराए ।

अस्ट्रेलियाको तर्फबाट कप्तान टिम पेन र मार्कस ह्य़ारिसले सर्वाधिक २२ रन बनाए भने अन्य ब्याट्सम्यानले उलेख्य योगदान दिन नसक्दा अस्ट्रेलिया सस्तैमा समेटियो । अस्ट्रेलियाको तर्फबाट पेन र  ह्य़ारिस बाहेक उस्मान खवाजाले २१, ट्राविस हेडले २०, सन मार्शले १९ रन बनाए ।  

चार टेस्टको शृंखला १-१ को स्थितीमा रहेको छ । पहिलो टेस्ट म्याच भारतले ३१ रनले जितेको थियो भने दोश्रो टेस्ट अस्ट्रेलियाले १४६ रनले जित हात पारेको थियो । 
 


LIVE MATCH CENTER

{{match.teamAName}} - {{match.teamARun}} / {{ match.teamAFOW}} ( {{match.teamAOver}} / {{match.matchOver}} Overs)

VS

{{match.teamBName}} - {{match.teamBRun}} / {{ match.teamBFOW}} ( {{match.teamBOver}} / {{match.matchOver}} Overs)

Click here for Full Scorecard

{{errormessage}}