logo of cricketingnepal.com

पहिलो पारीमा भारतको विशाल योगफल

Dec 27, 2018 | CN Staff |
घरेलु टोली अस्ट्रेलिया बिरुद्धको तेश्रो टेस्टको पहिलो पारीमा भारतले ४४३ रनको विशाल योगफल बनाएको छ । भारतले सात विकेटको नोक्सानीमा ४४३ रन बनाउँदै आफ्नो पहिलो पारीको घोषणा गरेको छ । दोश्रो दिनको खेलको समाप्तीमा अस्ट्रेलियाले छ ओवरमा विना विकेटको क्षतीमा आठ रन बनाएको छ ।


भारतले दोश्रो दिनको खेल दुई विकेटको नोक्सानीमा २१५ रन बनाएको अवस्थाबाट शुरु गरेको थियो । उसले आजको खेलमा पाँच विकेट गुमाएर थप २२८ रन बनाए पछि पारी सकिएको घोसणा गरेको हो ।

भारतको तर्फबाट चेतेश्वर पुजाराले सर्वाधिक १०६ रन बनाए । अघिल्लो दिनको खेलको समाप्तीमा ६८ रनमा अभिजित रहेका पुजराले आफ्नो पारीमा कुल ३१९ बलको सामना गर्दै १० चौका प्रहार गरे । प्याट कमिन्सको बलमा बोल्ड भएका पुजाराले तेश्रो विकेटका लागि भारतक कप्तान बिराट कोहलीसँग मिलेर १७० रनको साझेदारी गरे । पहिलो दिनको खेलको समाप्तीमा पुजार र कोहलीले तेश्रो विकेटको लागि ३४ दशमलब एक ओवरमा अविजित ९२ रनको साझेदारी गरेका थिए ।
    
अघिल्लो दिन ४७ रनमा अविजित रहेका कोहली दोश्रो दिन थप ३५ रन जोड्दै ८२ रनको अवस्थामा रहँदा मिचेल स्टार्र्कको बलमा एरोन फिंचको हातबाट क्याच आउट हुन पुगे । शतक बनाउन चुकेका कोहलीले कुल २०४ बल खेल्दै नौं चौका प्रहार गरे ।

कोहली र पुजारा बाहेक रोहित शर्माले अविजित रहँदै ११४ बलमा ६३, विकेट किपर ब्याट्सम्यान रिशब पन्तले ७६ बलमा ३९ तथा अजिन्के अजिन्क्या रहानेले ७६ बलमा ३४ रनको योगदान दिए ।

अस्ट्रेलियाको तर्फबाट प्याट कमिन्सले सर्वाधिक तीन विकेट लिए भने मिचेल स्टार्र्कले दुई विकेट आफ्नो नाममा दर्ता गराए । 

चार टेस्टको शृंखला १-१ को स्थितीमा रहेको छ । पहिलो टेस्ट म्याच भारतले ३१ रनले जितेको थियो भने दोश्रो टेस्ट अस्ट्रेलियाले १४६ रनले जित हात पारेको थियो । 


LIVE MATCH CENTER

{{match.teamAName}} - {{match.teamARun}} / {{ match.teamAFOW}} ( {{match.teamAOver}} / {{match.matchOver}} Overs)

VS

{{match.teamBName}} - {{match.teamBRun}} / {{ match.teamBFOW}} ( {{match.teamBOver}} / {{match.matchOver}} Overs)

Click here for Full Scorecard

{{errormessage}}