logo of cricketingnepal.com

तेश्रो खेलमा पनि सन्दिपको उत्कृस्ट प्रदर्शन

Dec 27, 2018 | CN Staff |

बिग ब्यास लिग अन्तर्गत मेलबर्न स्टार्सको सिड्नी सिक्सर्स बिरुद्ध आफ्नो तेश्रो खेलमा पनि नेपाली राष्ट्रिय टोलीका युवा लेग स्पिनर सन्दिप लामिछानेले उत्कृस्ट प्रदर्शन गरेका छन् । चार ओवर बलिङ्ग गरेका सन्दीपले १८ रन खर्चिएर दुई विकेट हात पारे । 

उनले छ बलमा दुई रन बनाएका टम कुर्रान र १५ बलमा नौं रन बनाएका मोइसेस हेनरिक्सलाई पनि एलबिडब्लु धरापमा पारेका थिए ।

चौथों तथा अन्तिम ओवरमा एक चौका सहित सात रन खर्चिएका सन्दिपले तेश्रो ओवरमा एक विकेट निकाल्दै तीन तहत आफ्नो दोश्रो ओवरमा एक विकेट हात पार्दै चार रन खर्चिए ।  

आजको खेलमा पनि उत्कृस्ट सुरुवात गरेका उनले आफ्नो पहिलो ओवरमा मात्र छ रन खर्चिए । पहिलो र दोश्रो बल डट गरेका सन्दिपको तेश्रो र चौंथो बलमा एक एक सिंगल खर्चिए । सन्दिपको  पाँचौ बलमा मोइसेस हेनरिक्स बिरुद्ध एलबिडब्लुको लागि लामो अपिल गरेता पनि अम्पायरले नट आउट दिए । अन्तिम बलमा हेनरिक्सले दुई रन लिए । 

बिग ब्यास लिग अन्तर्गतको मेलबर्न स्टार्सको लागि यस अघि दुई खेल खेलेका सन्दिपले पाँच विकेट आफ्नो नाममा दर्ता गराई सकेका छन् । उनले दुई खेलमा कुल आठ ओवर बलिङ्ग गर्दै १२ को औसतमा ६० रन खर्चिएक छन् । सन्दिपको सात दशमलब पाँच सुन्यको इकोनोमी रहेको छ भने स्ट्राईक रेट नौं दशमलब छ रहेको छ ।

बिग ब्यास लिगमा उत्कृस्ट डेब्यु गर्दै सिड्नी थन्डर्स बिरुद्धको खेलमा सन्दिपले चार ओवर बलिङ्ग गर्दै ३७ रन खर्चिएर दुई विकेट हात पारेका थिए भने दोश्रो खेलमा होबर्ट हर्रिकेन्स बिरुद्ध चार ओवर बलिङ्ग गर्दै २४ रन खर्चिएर तीन विकेट लिएका थिए । मेलबर्नले  होबर्टको चार विकेट झार्दा सन्दिप एक्लैले तीन विकेट लिएका हुन् । 



LIVE MATCH CENTER

{{match.teamAName}} - {{match.teamARun}} / {{ match.teamAFOW}} ( {{match.teamAOver}} / {{match.matchOver}} Overs)

VS

{{match.teamBName}} - {{match.teamBRun}} / {{ match.teamBFOW}} ( {{match.teamBOver}} / {{match.matchOver}} Overs)

Click here for Full Scorecard

{{errormessage}}