logo of cricketingnepal.com

धोनी फर्किए भारतीय एकदिवसीय टिममा

Dec 24, 2018 | CN Staff |
भारतले अष्ट्रेलियाबिरुद्ध हुन गइरहेको एकदिवसीय श्रंखलाका लागि पुर्व कप्तान तथा विकेटकिपर ब्याट्स्म्यान महेन्द्र सिंह धोनीलाई फिर्ता बोलाएको छ । 

दुई टिमबीच हाल जारी चार म्याचको टेस्ट श्रंखलाअघि भएको ट्वान्टी ट्वान्टी अन्तर्राष्ट्रिय श्रंखलाका लागि भारतीय क्रिकेट बोर्डले धोनीलाई समावेश नगरेपछि उनको अन्तर्राष्ट्रि क्रिकेट करिअर समाप्त गर्न खोजिएको भन्दै चौतर्फी आलोचना भएको थियो । 

धोनीले २०१९ मा इङ्गल्याण्ड र वेल्समा हुन गइरहेको ५० ओभरको बिश्वकप पछि मात्र सन्यास लिने आकलन गरिएको छ । तर भारतीय क्रिकेट वृत्तमा उनले सन्यास लिनुपर्ने बिषयमा पनि ब्यापक बहस शुरु भइसकेको छ । 

यद्दपि जनवरी १२ देखि शुरु हुन गइरहेको तीन म्याचको एकदिवसीय श्रंखलाका लागि धोनीलाई टोलीमा समावेश गरिएपछि बिसिसिआईले हालका लागि यो बहसलाई मत्थर पारेको छ । धोनीले लगत्तै हुने न्युजिल्याण्डबिरुद्धको ट्वान्टी ट्वान्टी श्रंखलामा पनि खेल्ने भएका छन् । 

धोनीको अनुपस्थितिमा उदियमान खेलाडी रिसब पन्तले विकेटकिपरको भुमिका निभाएका थिए । पन्तलाई न्युजिल्याण्डबिरुद्धको श्रंखलाका लागि पनि समावेश गरिएको छ । धोनीसंगै अलराउण्डर हार्दिक पाण्ड्यापनि एकदिवसीय टोलीमा फर्किएका छन् । 

हाल जारी टेस्ट श्रंखला एक–एक बराबरीमा रहेको छ । ट्वान्टी ट्वान्टी श्रंखला पनि एक–एक को बराबरीमा टुंगिएपछि टेस्ट श्रंखला १–१ को स्थितिमा रहेको छ ।


LIVE MATCH CENTER

{{match.teamAName}} - {{match.teamARun}} / {{ match.teamAFOW}} ( {{match.teamAOver}} / {{match.matchOver}} Overs)

VS

{{match.teamBName}} - {{match.teamBRun}} / {{ match.teamBFOW}} ( {{match.teamBOver}} / {{match.matchOver}} Overs)

Click here for Full Scorecard

{{errormessage}}