logo of cricketingnepal.com

दोश्रो खेलमा पनि सन्दिपको जादु चल्यो, लिए तीन विकेट

Dec 24, 2018 | CN Staff |
नेपाली राष्ट्रिय क्रिकेट टोलीका युवा लेग स्पिनर सन्दिप लामिछानेले बिग ब्यास लिग अन्तर्गतको मेलबर्न स्टार्सको दोश्रो खेलमा होबर्ट हर्रिकेन्स बिरुद्ध तीन विकेट लिंदै आफ्नो लेग स्पिनको जादु चलाएका छन् । 

चार ओवर बलिङ्ग गरेका सन्दिपले २४ रन खर्चिदै तीन विकेट हात पारे । उनले आफ्नो पहिलो, तेश्रो तथा चौंथो ओवरमा विकेट निकाल्दै उत्कृस्ट बलिङ्ग गरेका हुन् । मेलबर्नले झारेको चार मध्य तीन उनकै नाममा रहयो ।  

पहिलो ओवरमा नै विकेट लिन सफल भएका सन्दिपले आफ्नो पहिलो ओवरको तेश्रो बलमा तीन बलमा दुई रन बनाएका एलेक्स दॊलनलाई बोल्ड गर्दै आफ्नो पहिलो विकेट हात परेका हुन् । उनले आफ्नो पहिलो ओवरमा पाँच रन खर्चिए । 

दोश्रो ओवरमा सन्दिपले एक चौका सहित सात रन खर्चिए भने तेश्रो ओवरको दोश्रो बलमा उनले ३७ बलमा ५२ रण बनाएका म्याथु वेडलाई सर्ट फाइन लेगमा एडम जाम्पाको हात बाट क्याच थमाएका हुन् । सन्दिपले तेश्रो ओवरमा एक छक्का सहित आठ रन पनि खर्चिए । 
 
आफ्नो अन्तिम ओवरको पहिलो ओवरमा नै उनले २४ बलमा २८ रन बनाएका बेन म्क डेर्मोटलाई एलबिडब्लुको धरापमा पारे । उनले आफ्नो अन्तिम ओवरमा मात्र चार रन खर्चिए । 

बिग ब्यास लिगमा उत्कृस्ट डेब्यु गर्दै सिड्नी थन्डर्स बिरुद्धको खेलमा सन्दिपले चार ओवर बलिङ्ग गर्दै ३७ रन खर्चिएर दुई विकेट हात पारे ।पछिल्ला ओवरमा केहि महँगो साबित भएता पनि सन्दिपले आफ्नो पहिलो ओवरमा नै दुई विकेट लिन सफल भएका थिए । उनले १९ बलमा २२ रन बनाएका शेन वाटसनलाई निक लार्किनको हातबाट क्याच र ११ बलमा १५ रन बनाएका कालम् फ़र्गुससन्को विकेट लिएका थिए । 

मेलबर्न स्टार्सको लागि आठौँ तथा आफ्नो पहिलो ओवरको दोश्रो बलमा सन्दीपले वाटसन् तथा छैठौ बलमा फ़र्गुससन्लाई कट एंड बोल्ड गर्दै आफ्नो पहिलो ओवरमा तीन रन खर्चिएर दुई विकेट हात पार्न सफल भएका थिए । 

LIVE MATCH CENTER

{{match.teamAName}} - {{match.teamARun}} / {{ match.teamAFOW}} ( {{match.teamAOver}} / {{match.matchOver}} Overs)

VS

{{match.teamBName}} - {{match.teamBRun}} / {{ match.teamBFOW}} ( {{match.teamBOver}} / {{match.matchOver}} Overs)

Click here for Full Scorecard

{{errormessage}}