logo of cricketingnepal.com

सन्दिपलाई दोश्रो सफलता

Dec 24, 2018 | CN Staff |
नेपाली राष्ट्रिय क्रिकेट टोलीका युवा लेग स्पिनर सन्दिप लामिछानेले बिग ब्यास लिग अन्तर्गतको मेलबर्न स्टार्सको दोश्रो खेलमा होबर्ट हर्रिकेन्स बिरुद्ध आफ्नो दोश्रो ओवरमा दोश्रो सफलता मिले को छ। 

सन्दिपले ३७ बलमा ५२ रण बनाएका म्याथु वेडलाई सर्ट फाइन लेगमा एडम जाम्पाको हात बाट क्याच थमाएका हुन् । सन्दिपले तेश्रो ओवरमा एक छक्का सहित आठ रन पनि खर्चिए । 
 
यस अघि सन्दिपले पहिलो ओवरमा नै विकेट लिन सफल भएका थिए । 
उनले पहिलो ओवरको तेश्रो बलमा तीन बलमा दुई रन बनाएका एलेक्स दॊलनलाई बोल्ड गर्दै आफ्नो पहिलो विकेट हात परेका हुन् । उनले आफ्नो पहिलो ओवरमा पाँच रन खर्चिए । 

बिग ब्यास लिगमा उत्कृस्ट डेब्यु गर्दै सिड्नी थन्डर्स बिरुद्धको खेलमा सन्दिपले चार ओवर बलिङ्ग गर्दै ३७ रन खर्चिएर दुई विकेट हात पारे ।पछिल्ला ओवरमा केहि महँगो साबित भएता पनि सन्दिपले आफ्नो पहिलो ओवरमा नै दुई विकेट लिन सफल भएका थिए । उनले १९ बलमा २२ रन बनाएका शेन वाटसनलाई निक लार्किनको हातबाट क्याच र ११ बलमा १५ रन बनाएका कालम् फ़र्गुससन्को विकेट लिएका थिए । 

मेलबर्न स्टार्सको लागि आठौँ तथा आफ्नो पहिलो ओवरको दोश्रो बलमा सन्दीपले वाटसन् तथा छैठौ बलमा फ़र्गुससन्लाई कट एंड बोल्ड गर्दै आफ्नो पहिलो ओवरमा तीन रन खर्चिएर दुई विकेट हात पार्न सफल भएका थिए । 

LIVE MATCH CENTER

{{match.teamAName}} - {{match.teamARun}} / {{ match.teamAFOW}} ( {{match.teamAOver}} / {{match.matchOver}} Overs)

VS

{{match.teamBName}} - {{match.teamBRun}} / {{ match.teamBFOW}} ( {{match.teamBOver}} / {{match.matchOver}} Overs)

Click here for Full Scorecard

{{errormessage}}