logo of cricketingnepal.com

बिग ब्यास लिगमा सन्दिपको दोश्रो खेल आज होबर्ट हर्रिकेन्स बिरुद्ध

Dec 24, 2018 | CN Staff |
नेपाली राष्ट्रिय क्रिकेट टोलीका युवा लेग स्पिनर सन्दिप लामिछानेले बिग ब्यास लिग अन्तर्गतको  मेलबर्न स्टार्सको दोश्रो खेलमा आज होबर्ट हर्रिकेन्स बिरुद्ध हुँदैछ । उक्त खेल नेपाली समय अनुसार बिहान १०:३० बजे शुरु हुने छ ।

सन्दिपले बिग ब्यास लिगमा उत्कृस्ट डेब्यु गरेका थिए । सिड्नी थन्डर्स बिरुद्धको खेलमा सन्दिपले चार ओवर बलिङ्ग गर्दै ३७ रन खर्चिएर दुई विकेट हात पारे ।पछिल्ला ओवरमा केहि महँगो साबित भएता पनि सन्दिपले आफ्नो पहिलो ओवरमा नै दुई विकेट लिन सफल भएका थिए । उनले १९ बलमा २२ रन बनाएका शेन वाटसनलाई निक लार्किनको हातबाट क्याच र ११ बलमा १५ रन बनाएका कालम् फ़र्गुससन्को विकेट लिएका थिए । 

मेलबर्न स्टार्सको लागि आठौँ तथा आफ्नो पहिलो ओवरको दोश्रो बलमा सन्दीपले वाटसन् तथा छैठौ बलमा फ़र्गुससन्लाई कट एंड बोल्ड गर्दै आफ्नो पहिलो ओवरमा तीन रन खर्चिएर दुई विकेट हात पार्न सफल भएका थिए । 

चार ओवरको स्पेलमा सन्दीपले तीन छक्का, एक चौका, दुई डबल, दश सिंगल र आठ डट बल गरे । 

उनले दोश्रो ओवरमा एक चौका सहित छ रन खर्चिए भने तेश्रो ओवरमा एक छक्का सहित १३ रन खर्चिए । त्यतै उनले आफ्नो अन्तिम ओवरमा दुई छक्का सहित कुल १५ रन खर्चिए । सन्दिपलाई जासन सांघाले तीन छक्का प्रहर गरे । 

गत कार्तिकमा भएको अक्सनमा सन्दिपलाई ५० लाख अमेरिकन डलर भन्दा बढीमा आफ्नो टोलीमा समावेश गरेको थियो । सन्दिपले बिग ब्यास लिगमा दुई चरणमा गरेर खेल्ने छन् । उनि केही साता खेलेर बंगलादेश क्रिकेट बोर्डले आयोजना गर्ने बंगलादेश प्रिमिर लिग खेल्न त्यस तर्फ जाने छन् भने बंगलादेश प्रिमिएर लिग सक्काएर फेरी बिग ब्यास लिगमा फर्कने छन् ।    



LIVE MATCH CENTER

{{match.teamAName}} - {{match.teamARun}} / {{ match.teamAFOW}} ( {{match.teamAOver}} / {{match.matchOver}} Overs)

VS

{{match.teamBName}} - {{match.teamBRun}} / {{ match.teamBFOW}} ( {{match.teamBOver}} / {{match.matchOver}} Overs)

Click here for Full Scorecard

{{errormessage}}