logo of cricketingnepal.com

डिपिएलको खेलाडी दर्ता आजबाट शुरु

Dec 19, 2018 | CN Staff |

धनगढी प्रिमिएर लिग डिपिएल तीनको लागि खेलाडी दर्ता आजबाट शुरु भएको छ । आजबाट शुरु भएको खेलाडी दर्ता एक हप्ता अर्थात पौष १० गते सम्म चल्ने छ । 

पौष १२ गते संचालन हुने अक्सनका लागि खेलाडीहरुले डिपिएलको अधिकारिक वेबसाइटमा गएर फारम भर्न सक्ने छन् । फारम भर्नका लागि खेलाडीले एक हजार तिर्न पर्ने हुन्छ ।  

आयोजक धनगढी क्रिकेट एकेडेमीले यस वर्ष पनि अक्सन मार्फत खेलाडी छनोट गर्ने भएको छ । गत वर्ष विभिन्न वर्गमा खेलाडी बिभाजन गरेको भएता पनि आयोजकले यस पटक कुनै पनि वर्ग छुटाएका छैनन् । आयोजकले खेलाडीहरुले कम्तिमा तीस हजार र अधिकतम् दुई लाख ५० हजार सम्म रकम राख्न सक्ने छन् । 

क्रिकेटको शहर धनगढीमा आयोजना हुने डिपिएल आगामी माघ १९ गतेबाट फाल्गुण चार गते सम्म धनगढी स्थित फाप्ला क्रिकेट मैदानमा हुने छ । छ टोली सम्मिलित प्रतियोगिताको अघिल्ला दुवै संस्करण माथि धनगढी टिम चौरहले जितेको थियो । धनगढीले पहिलो संस्करणमा पारस खड्का र दोश्रो संस्करणमा सोमपाल कामीको कप्तानीमा उपाधी माथि कब्जा जमाएको थियो ।



LIVE MATCH CENTER

{{match.teamAName}} - {{match.teamARun}} / {{ match.teamAFOW}} ( {{match.teamAOver}} / {{match.matchOver}} Overs)

VS

{{match.teamBName}} - {{match.teamBRun}} / {{ match.teamBFOW}} ( {{match.teamBOver}} / {{match.matchOver}} Overs)

Click here for Full Scorecard

{{errormessage}}