logo of cricketingnepal.com

नेपाल टेष्ट खेलेको हेर्ने चाहाना छ : शक्ति गौचन (भिडियो सहित)

Dec 15, 2018 | CN Staff |

नेपाली राष्ट्रिय क्रिकेट टोलीका वायाँ हाते स्पिनर शक्ति गौचनले केही समय भित्रमा नेपालले टेष्ट मान्यता पाएको राष्ट्र भएको हेर्ने ईच्छा रहेको बताएका छन् । टियु क्रिकेट मैदानमा जारी एभरेष्ट प्रिमियर लिग अन्तर्गत पोखरा राईनोज्बाट चितवन टाईगर्स बिरुद्धको खेलपछि क्रिकेटबाट सन्यास लिएका शक्तिले पत्रकारहरुसँग कुरा गर्दै टेष्ट मान्यता पाएको राष्ट्र भएको हेर्ने ईच्छा रहेको बताएका हुन् ।

नेपालमा क्रिकेट क्रेज धेरै नै रहेको र अब एकदिवशिय मान्यता प्राप्त राष्ट्र भएकाले घरेलु संरचना राम्रो गराएमा नेपालले अबको १० देखि १५ वर्ष भित्र टेष्ट मान्यता पाउने बताए । उनले खेलाडीका रुपमा नेपाललाई एकदिवशिय मान्यता दिलाउन धेर थोर योगदान दिएको र क्रिकेट खेलाडीका रुपमा नभएता पनि टेष्ट मान्यता दिलाउन सक्दो योगदान दिने पनि बताए ।

नेपालले घरेलु टोली नेदरल्यान्ड्स बिरुद्ध खेलेको नेपालको डेब्यु एकदिवशिय खेल पछि विदेशमा हुने क्रिकेटबाट सन्यास लिएका शक्तिले आजबाट घरेलु क्रिकेटबाट पनि सन्यास लिएका हुन् । उनले ईपिएल शुरु हुनु अघि नै यस प्रतियोगिता आफ्नो अन्तिम घरेलु प्रतियोगिता हुने बताएका थिए ।

आजको खेल पछि पोखरा र चितवनका खेलाडीहरुले उनलाई गार्ड अफ अनर दिएका थिए भने उनीहरुले शक्तिलाई काँधमा राखेर मैदान परिक्रमा गराएका थिए । त्यस्तै विदाईका क्रममा मैदानमा रहेका दर्शकहरुले शक्ति शक्ति भन्दै उनलाई हुटिङ्ग गरेका थिए ।





LIVE MATCH CENTER

{{match.teamAName}} - {{match.teamARun}} / {{ match.teamAFOW}} ( {{match.teamAOver}} / {{match.matchOver}} Overs)

VS

{{match.teamBName}} - {{match.teamBRun}} / {{ match.teamBFOW}} ( {{match.teamBOver}} / {{match.matchOver}} Overs)

Click here for Full Scorecard

{{errormessage}}