logo of cricketingnepal.com

ज्ञानेन्द्रलाई ट्वीस्टरले १६ लाखको स्पोन्सर गर्ने

Dec 13, 2018 | CN Staff |
नेपाली रास्ट्रिय टोलीका उपकप्तान तथा ओपनिङ्ग ब्याट्सम्यान ज्ञानेन्द्र मल्ललाई ट्वीस्टर क्रिकेट किट्स निर्माता कम्पनीले स्पोन्सर गर्ने भएको छ । 
ट्वीस्टरले ज्ञानेन्द्रलाई क्रिकेट किट्स र नगद गरेर दुई बर्षको लागि करिब १० लाख भारतिय रुपैंया बराबरको स्पोन्सर गर्न लागेको हो । ज्ञानेन्द्र र ट्वीस्टरको तर्फबाट केयुर देसाईले आज काठमाडौँमा सम्झौता गरे । 

ज्ञानेन्द्रले गत शनिबारबाट सुरु भएको एभरेस्ट प्रिमिएर लिगका खेलको क्रममा ट्वीस्टरको ब्याट प्रयोग गर्न थालेता पनि सम्झौता भने आज भएको हो । 

यस अघि इण्डिया यू १९ तथा प्रथम श्रेणीका खेलाडीहरुलाई स्पोन्सर गरेको ट्वीस्टरले पहिलो पटक अन्तरास्ट्रिय खेलाडीलाई स्पोन्सर लागेको हो । यस्तै ट्वीस्टरका किट्सहरु ज्ञानेन्द्रले संचालन गरेका काठमाडौँ क्रिकेट ट्रेनिंग सेन्टरमा पाउने पनि उक्त कार्यक्रममा जानकारी दिईयो । 


ट्वीस्टर भारतिय क्रिकेट सामाग्री निर्माता कम्पनी अक्सर इण्डस्ट्रिजले सन् २०१४ देखी निर्माण गर्न थालेको हो । 



LIVE MATCH CENTER

{{match.teamAName}} - {{match.teamARun}} / {{ match.teamAFOW}} ( {{match.teamAOver}} / {{match.matchOver}} Overs)

VS

{{match.teamBName}} - {{match.teamBRun}} / {{ match.teamBFOW}} ( {{match.teamBOver}} / {{match.matchOver}} Overs)

Click here for Full Scorecard

{{errormessage}}