logo of cricketingnepal.com

चितवनको कप्तानमा पृथु बास्कोटा

Dec 05, 2018 | CN Staff |

यहि शनिबारबाट आयोजना हुने एभरेष्ट प्रिमियर लिग (ईपिएल) का लागि चितवन टाइगर्सले नेपाली युवा राष्ट्रिय टोलीका पुर्व कप्तान पृथु बास्कोटालाई आफ्नो टोलीको कप्तान नियुक्त गरेको छ । चितवनले आज एक प्रेश विज्ञप्ति जारी गर्दै पृथुलाई कप्तानीको भुमिका दिइएको जनाएको हो ।

पृथुले नेपाल यू१५, यू१७ र १९ को कप्तानी गरिसकेका छन् । उनकै कप्तानीमा नेपालले अष्ट्ेरलियामा आयोजना भएको सन् २०१२ को यू१९ विश्वकप खेलेको थियो ।

नेपाली राष्ट्रिय टोलीबाट पनि खेलिसकेका पृथुको कप्तानीमा चितवनले यस पटक राम्रो पदर्शन गर्ने आशा राखेको छ । चितवनको मार्की खेलाडी भने नेपाली राष्ट्रिय टोलीका मध्यक्रमका ब्याट्सम्यान दिपेन्द्र सिंह ऐरी हुन् । 

यस्तै चितवनले प्रशिक्षकमा कलाम अलीलाई नियुक्त गरेको छ भने श्यामसन जंग थापालाई टिम म्यानेजर तथा टेक्निकल डाईरेक्टरमा नियुक्त गरेको छ । त्यस्तै आकाश थापालाई ट्यालेन्ट हन्टबाट आफ्नो टोलीमा समावेश गरेको छ ।




LIVE MATCH CENTER

{{match.teamAName}} - {{match.teamARun}} / {{ match.teamAFOW}} ( {{match.teamAOver}} / {{match.matchOver}} Overs)

VS

{{match.teamBName}} - {{match.teamBRun}} / {{ match.teamBFOW}} ( {{match.teamBOver}} / {{match.matchOver}} Overs)

Click here for Full Scorecard

{{errormessage}}