logo of cricketingnepal.com

ईपिएलका लागि आयरल्यान्डका कप्तान केभिन ओ ब्रायन काठमाडौंमा

Dec 05, 2018 | CN Staff |

यहि शनिवारबाट शुरु हुने एभरेष्ट प्रिमियर लिग (ईपिएल) मा सहभागिता जनाउन  टेष्ट मान्यता राष्ट्र आयरल्यान्डका पुर्व कप्तान केभिन ओ ब्रायन काठमाडौं आईपुगेका छन् ।

काठमाडौं किंग्स ११ बाट यस सिजनको ईपिएल खेल्न लागेका उनी आज कतार एयर मार्फत नेपाल आईपुगेका हुन् ।

३४ बर्षिय अलराउन्डर ओवरायनले पाकिस्तान बिरुद्धको डेब्यु टेष्टमा (आयरल्यान्डले हाल सम्म एकमात्र टेष्ट खेलको छ ।) शतक प्रहार गरेका थिए भने १२८ एकदिवशिय खेलमा दुई शतक सहित ३१७२ रन बनाउनुका साथै ११२ विकेट पनि लिएका छन् । त्यस्तै ६७ ट्वान्टि ट्वान्टि अन्तर्राष्ट्रिय खेलमा उनको ब्याटबाट ७७५ रन बनेको छ भने ५८ विकेट पनि हात पारेका छन् ।

१९६ ट्वान्टि ट्वान्टि खेलमा ओवरायनले २६२९ रन बनाउनुको साथै १२१ विकेट पनि लिएका छन् ।

काठमाडौंले ईपिएलको आफ्नो पहिलो खेलमा सोमबार चिवन टाईगर्सको सामना गर्नेछ ।




LIVE MATCH CENTER

{{match.teamAName}} - {{match.teamARun}} / {{ match.teamAFOW}} ( {{match.teamAOver}} / {{match.matchOver}} Overs)

VS

{{match.teamBName}} - {{match.teamBRun}} / {{ match.teamBFOW}} ( {{match.teamBOver}} / {{match.matchOver}} Overs)

Click here for Full Scorecard

{{errormessage}}