logo of cricketingnepal.com

ईपिएलमा भ्यान डर मर्वी, हायात र मेकरिन विराटनगरबाट खेल्ने

Dec 03, 2018 | CN Staff |

एभरेष्ट प्रिमियर लिगको तेश्रो संस्करणका लागि बिराटनगर वारियर्सले दक्षिण अफ्रिकाका पुर्व अलराउण्डर तथा हाल नेदरल्यान्ड्सका रोलफ भ्यान डर मर्वी, हङकङका पुर्व कप्तान तथा मध्यक्रमका ब्याट्सम्यान बाबर हायात तथा नेदरल्यान्ड्सका पौल भ्यान मेकरिनलाई आफ्नो टोलीमा समावेश गरेको छ ।

नेपाली राष्ट्रिय टोलीका कप्तान पारस खड्काको कप्तानीमा रहेको डिफेन्डिङ च्याम्पियन विराटनगरले आज एक प्रेश विज्ञप्ति जारी गर्दै भ्यान डर मर्वी, हायात, मेकरिन तथा भारतिय मुलका खेलाडी समित पटेललाई आफ्नो टोलीमा अनुबन्ध गरेको जनाएको हो ।

दक्षिण अफ्रिकाको राष्ट्रिय टोलीबाट एकदिवशिय र ट्वान्टि ट्वान्टिको अनुभब बटुलिसकेका मर्वी हाल नेदरल्यान्ड्सबाट खेल्ने गर्दछन् । उनले आईपिएल टोली रोयल च्यालेन्जर्स बैंग्लौर र दिल्ली डेयरडेभिल्सका लागि पनि खेलिसकेका छन् । 

अलराउण्डर मर्वीले दक्षिण अफ्रिकाको लागि १३ एकदिवशिय खेलमा १७ विकेट लिएका छन् भने नेदरल्यान्ड्स र दक्षिण अफ्रिकाबाट २५ ट्वान्टि ट्वान्टि अन्तर्राष्ट्रियमा २११ रन बनाउनुको साथ साथै ३१ विकेट पनि लिएका छन् । त्यस्तै उनले १७९ ट्वान्टि ट्वान्टिमा २१०९ रन तथा १७४ विकेट आफ्नो नाममा दर्ता गराएका छन् ।

गत संस्करणको ईपिएलमा विराटनगरलाई उपाधि दिलाउन महत्वपुर्ण भुमिका खेलेका हायात हङकङका पुर्व कप्तान हुन् भने उनको टोलीका मध्यक्रमका ब्याट्सम्यान हुन् । आक्रमक पारी खेल्न चिनिएका उनले २२ एकदिवशिय खेलमा ७८४ रन, २४ ट्वान्टि ट्वान्टि अन्तर्राष्ट्रियमा ५४१ तथा ४७ ट्वान्टि ट्वान्टिमा ८६७ रन बनाएका छन् । डिपिएलको पछिल्लो संस्करणमा पारसको नै टोली विराटनगर किंग्सबाट खेलेका थिए ।

नेदरल्यान्ड्सका तिब्र गतिका बलर पौल भ्यान मेकरिनले चार एकदिवशिय खेलमा दुई विकेट हात पारेका छन् भने २३ ट्वान्टि ट्वान्टि अन्तर्राष्ट्रियमा २० विकेट लिएका छन् । नेपालको नेदरल्यान्ड्स बिरुद्धको डेब्यु एकदिवशिय श्रृङखलामा उनले दुई खेलमा एक विकेट हात पारेका थिए । 

त्यस्तै विराटनगरले आफ्नो टोलीमा समित पटेललाई पनि राखेको छ । पटेलले हालै सम्पन्न पोखरा प्रिमियर लिगमा चितवन राईनोज्को तर्फबाट खेल्दै सात खेलमा ११७ रन बनाउनुको साथै सात विकेट पनि हात पारेका थिए ।

विराटनगरले नेपालका पुर्व ब्याटिङ कन्सल्ट्यान्ट तथा पोखरा प्रिमियर लिगका टुर्नामेन्ट डाइरेक्टर उमेश पटवाललाई प्रशिक्षक नियुक्त गरेको छ । 




LIVE MATCH CENTER

{{match.teamAName}} - {{match.teamARun}} / {{ match.teamAFOW}} ( {{match.teamAOver}} / {{match.matchOver}} Overs)

VS

{{match.teamBName}} - {{match.teamBRun}} / {{ match.teamBFOW}} ( {{match.teamBOver}} / {{match.matchOver}} Overs)

Click here for Full Scorecard

{{errormessage}}