logo of cricketingnepal.com

भिम सार्कीलाई रेड रक स्पोर्टसको साथ

Nov 30, 2018 | CN Staff |

नेपाल यू१९ टोलीका मध्यक्रमका ब्याट्सम्यान भिम सार्कीलाई रेड रक स्पोर्टसले स्पोन्सर गरेको छ । आज एक कार्यक्रमको आयोजना गर्दै रेड रकले सार्कीलाई तीन वर्षका लागि क्रिकेट किट्स स्पोन्सर गरेको हो । 

दक्षिण अफ्रिकाका चर्चित खेलाडी जोन्टि रड्ले क्रिकेट सामाग्री प्रदान गरेको कार्यक्रममा नेपाली राष्ट्रिय टोलीका कप्तान पारस खड्काको पनि सहभागिता रहेको थियो । 

हालै सम्पन्न भएको पोखरा प्रिमियर लिगमा आफ्नो टोली बुटवल ब्लास्टर्सका लागि सर्वाधिक रन बनाएका सार्कीले हालै बंगलादेशमा सम्पन्न भएको युथ एसिया कपमा नेपालको प्रतिनिधित्व गरेका थिए ।

क्रिकेट ब्याटका लागि प्रख्यात रेड रक २००७ मा स्थापना भएको भारतिय कम्पनी हो । यस कम्पनीले बनाएको ब्याटहरु सचिन तेन्दुल्कर, विरेन्द्र सेहेवाग, युवराज सिंह, महेन्द्र सिंह धोनी जस्ता प्रख्यात खेलाडीहरुले प्रयोग गर्ने गर्दथे ।




LIVE MATCH CENTER

{{match.teamAName}} - {{match.teamARun}} / {{ match.teamAFOW}} ( {{match.teamAOver}} / {{match.matchOver}} Overs)

VS

{{match.teamBName}} - {{match.teamBRun}} / {{ match.teamBFOW}} ( {{match.teamBOver}} / {{match.matchOver}} Overs)

Click here for Full Scorecard

{{errormessage}}