logo of cricketingnepal.com

सन्दिप महँगो साबित, दुई ओभरमा ४७ रन खर्चिए

Nov 29, 2018 | CN Staff |

नेपाली राष्ट्रिय क्रिकेट टोलीका युवा लेग स्पिनर सन्दिप लामिछाने युएईमा जारी टि१० लिग अन्तर्गत ५औं खेलमा महँगो साबित भएका छन् । दुई ओभरमा उनले ४७ रन खर्चिए भने विकेट बिहिन रहे ।सन्दिपले आफ्नो पहिलो ओभरमा २२ रन खर्चिए भने दोश्रो ओभरमा २५ रन खर्चिए । ४७ मध्य सन्दिपको बलमा ४२ रन छक्काबाट आएको थियो । 

निकोलस पुरनले सन्दिपको पहिलो ओभरको पहिलो चार बलमा तीन छक्का प्रहार गरे । सन्दिपले पहिलो र दोश्रो बलमा छक्का खाए भने तेश्रो बलमा मात्र दुई रन खर्चिए । त्यस्तै चौंथो बलमा छक्का खाए भने अन्तिम दुई बलमा एक एक रन दिए ।

सन्दिपले दोश्रो ओभरमा उनको पहिलो तीन बलमा आन्द्रे रसेलले तीन छक्का प्रहार गरे भने चौंथो बलमा एक रन खर्चिए । पाँचौं बलमा सन्दिपले छक्का खाए भने अन्तिम बल डट बल गर्न सफल भए ।

सन्दिपले यस अघिका चार खेलमा छ विकेट हात पारेका थिए । 




LIVE MATCH CENTER

{{match.teamAName}} - {{match.teamARun}} / {{ match.teamAFOW}} ( {{match.teamAOver}} / {{match.matchOver}} Overs)

VS

{{match.teamBName}} - {{match.teamBRun}} / {{ match.teamBFOW}} ( {{match.teamBOver}} / {{match.matchOver}} Overs)

Click here for Full Scorecard

{{errormessage}}