logo of cricketingnepal.com

चौंथो खेलमा सन्दिम महँगो साबित

Nov 26, 2018 | CN Staff |

युएईमा जारी टि१० क्रिकेट प्रतियोगिता अन्तर्गत आफ्नो चौंथो खेलमा सन्दिप महँगो साबित भएका छन् । पन्जाबी लिजेन्ड्स बिरुद्धको खेलमा सन्दिपले दुई ओभरमा २८ रन खर्चिए ।यस अघिका तीन खेलमा छ विकेट हात पारेका सन्दिपले आजको खेलमा विकेट लिन सकेनन् ।

केरलाको लागि दोश्रो तथा सन्दिपको आफ्नो पहिलो ओभरमा पाकिस्तानी खेलाडी उमर अकमलले १८ रन प्रहार गरे । सन्दिपको पहिलो बलमा नै छक्का प्रहार गरेका अकमलले दोश्रो बलमा चौका प्रहार गरे । तेश्रो र चौंथो बलमा डट बल दिएका सन्दिपले अन्तिम दु्ई बलमा लगातार दुई चौका खाए ।

टोलीको छैठौं तथा आफ्नो दोश्रो ओभरमा सन्दिपले १० रन खर्चिए । उनले दुई चौका र दुई वटा सिंगल दिए भने दुई वटा डट बल गरे ।




LIVE MATCH CENTER

{{match.teamAName}} - {{match.teamARun}} / {{ match.teamAFOW}} ( {{match.teamAOver}} / {{match.matchOver}} Overs)

VS

{{match.teamBName}} - {{match.teamBRun}} / {{ match.teamBFOW}} ( {{match.teamBOver}} / {{match.matchOver}} Overs)

Click here for Full Scorecard

{{errormessage}}