logo of cricketingnepal.com

राखेपले दुई दिवसीय क्रिकेट गर्ने

Nov 26, 2018 | CN Staff |

राष्ट्रिय खेलकुद परिषद (राखेप) ले दुई दिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिता गर्ने भएको छ ।

काठमाडौं एमएम एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिताको बारेमा जानकारी दिनका लागि गरिएको पत्रकार सम्मेलनमा राखेपका सदस्य सचिव केशव कुमार बिष्टले नेपाललाई दक्षिण एसियाली खेलकुदको तयारीका स्वरुप दुई दिवसीय क्रिकेट आयोजना गर्ने जानकारी गराए । 

ूहामीले यस बिषयमा राष्ट्रिय प्रशिक्षक जगत टमाटाका साथै क्रिकेटसंग सम्बन्धित अन्यसंग छलफल गरिरहेका छौं । यसका लागि हामिले मिति पनि मागेको छौं र सम्भव भएको खण्डमा दक्षिण एसियाली खेलकुद अगाडी आयोजना गर्नेछौं,ू बिष्टले कार्यक्रममा बताए । 

नेपालले सन् २०१९ को सेप्टेम्बरमा दक्षिण एसियाली खेलकुदको आयोजना गर्ने तयारी गरिरहेका छ । दक्षिण एसियाली खेलकुदमा यसपटक क्रिकेट पनि समावेश गरिएको छ ।





LIVE MATCH CENTER

{{match.teamAName}} - {{match.teamARun}} / {{ match.teamAFOW}} ( {{match.teamAOver}} / {{match.matchOver}} Overs)

VS

{{match.teamBName}} - {{match.teamBRun}} / {{ match.teamBFOW}} ( {{match.teamBOver}} / {{match.matchOver}} Overs)

Click here for Full Scorecard

{{errormessage}}