logo of cricketingnepal.com

टमाटा वर्षको उत्कृष्ट प्रशिक्षक

May 17, 2018 | Parbati Lama |
नेपाली राष्ट्रिय क्रिकेट टोलीका प्रमुख प्रशिक्षक जगत टमाटा नेपाल खेलकुद पत्रकार मञ्चले आयोजना गर्ने एनएसजेएफ बजाज पल्सर स्पोर्टस अवार्डको वर्षका उत्कृट प्रशिक्षकको पुरस्कारबाट पुरस्कृत भएका छन् ।
टमाटाले नेपाल यु१९ क्रिकेट टोलीका मुख्य प्रशिक्षक बिनोद दास, फुटबलका छिरिङ लोप्साङ गुरुङ, ब्याडमिन्टनका जयन्त कुमार श्रेष्ठ र बक्सिङका प्रकाश थापा मगरलाई पछि पार्दै उत्कृट प्रशिक्षकको पुरस्कार हात पारेका हुन् ।
नेपाली राष्ट्रिय क्रिकेट टोलीले जिम्बाब्बेमा आयोजना भएको विश्वकप छनोटमा नेपालले छैंठौं स्थान हात पार्दै एकदिवसिय मान्तया पाउँदा मुख्य प्रशिक्षक हुन जगत टमाटा । त्यस्तै नेपाली राष्ट्रिय क्रिकेट टोलीले नामिबियामा आयोजना भएको विश्व क्रिकेट लिग डिभिजन टु मा दोश्रो स्थान हात पार्दै विश्वकप छनोटमा स्थान बनाउँदा पनि टमाटा नै प्रशिक्षक थिए । गत वर्ष नेपालले उनको प्रशिक्षणमा कुल १५ खेल मध्य छ महत्वपुर्ण खेलहरुमा जित हात पार्न सफल भयो । 

वर्षको उत्कृष्ट प्रशिक्षकको मनोनयनमा परेका प्रशिक्षकहरु

जगत टमाटा, क्रिकेट
–नेपाललाई ऐतिहासिक वान डे इन्टरनेसनल मान्यता दिलाउने प्रशिक्षक
–आईसीसी विश्वकप छनोटमा आठौं स्थान
–विश्व क्रिकेट लिग डिभिजन २ को उपविजेता
–२०७४ सालका १५ खेलमध्ये ६ खेलमा नेपालको जित

विनोद दास, क्रिकेट
–नेपाल पहिलोपटक एसीसी यू १९ एसिया कपको सेमिफाइनल पुग्दाका प्रशिक्षक
–कुनैपनि स्तरको प्रतियोगितामा भारतमाथि पहिलो जित निकाल्ने प्रशिक्षक
–नेपाललाई एसीसी यू १९ इस्टर्न रिजनको पहिलो उपाधि दिलाउन सफल
–आइसीसी एसिया यू १९ विश्वकप छनोटमा नेपाल दोस्रो हुँदाका प्रशिक्षक

छिरिङ लोप्साङ गुरुङ, फुटबल
–साफ यू–१८ च्याम्पियनसिप बिजेता नेपाली टिमका प्रशिक्षक
–मनाङ मस्र्याङदी क्लबले दुहवी गोल्डकप जित्दाका प्रशिक्षक
–इटहरी गोल्कडप र मदन भण्डारी स्मृति गोल्डकपको उपविजेता

प्रकाश थापामगर, बक्सिङ
–इन्डियन ओपन बक्सिङमा पुनम रावल र विमला श्रेष्ठले कांस्य पदक जित्दाका प्रशिक्षक
–एसियन महिला बक्सिङ च्याम्पियनसिपमा नेपाली टिमका मुख्य प्रशिक्षक
–एसियन पुरुष बक्सिङ च्याम्पियनसिपमा नेपाली टिमका मुख्य प्रशिक्षक

जयन्त कुमार श्रेष्ठ, ब्याडमिन्टन
–योनेक्स सनराइज पाकिस्तान इन्टरनेसनल सिरिजमा १ स्वर्ण, १ रजत र १ कांस्य विजेता नेपाली टिमका मुख्य प्रशिक्षक
–योनेक्स सनराइज नेपाल सिरिजमा १ रजत र १ कांस्य पदक विजेता नेपाली टिमको ३ मध्येका १ प्रशिक्षक


LIVE MATCH CENTER

{{match.teamAName}} - {{match.teamARun}} / {{ match.teamAFOW}} ( {{match.teamAOver}} / {{match.matchOver}} Overs)

VS

{{match.teamBName}} - {{match.teamBRun}} / {{ match.teamBFOW}} ( {{match.teamBOver}} / {{match.matchOver}} Overs)

Click here for Full Scorecard

{{errormessage}}

Publisher:Abhinandan Aryal, 9843588041 | Editor:Manoj Bhusal

Registration Number: 277/073-074