logo of cricketingnepal.com

स्पोर्टस अवार्ड विजेताको घोषण आज, क्रिकेटको सम्भावना कती ?

May 17, 2018 | Parbati Lama |

नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ) ले प्रत्येक वर्ष आयोजना गर्ने बजाज पल्सर स्पोर्टस अवार्डको २०७४ को विजेतको घोषण आज हुँदैछ । आर्मी अफिसर्स क्लबमा दिउँसो तीन बजेबाट शुरु हुने कार्यक्रममा २०७४ साल अविधिमा आफ्नो विधामा उत्कृष्ट प्रदर्शन गर्ने खेलाडी, प्रशिक्षक, ब्यक्ति, खेल संघ आदि गरेर आठ विधाका विजेतालाई पुरस्कृत गरिने छ ।

कुल आठ विधामा दिइने पुरस्कारमा यस अघि वर्षको उत्कृष्ट पुरुष खेलाडी, वर्षको उत्कृष्ट महिला खेलाडी, वर्षको उत्कृष्ट युवा खेलाडी, वर्षको उत्कृष्ट प्रशिक्षक र पिपुल्स च्वाइस अवार्डको मनोनयन यस अघि नै सार्वजनिक गरिसकिएको छ । त्यस बाहेक पारा एथलिट अवार्ड, स्पेसल अवार्ड र लाइफटाइम एचिभमेन्ट अवार्डको घोषण भने कार्यक्रमका क्रममा नै गरिने छ । 

क्रिकेट तर्फबाट सार्वजनिक गरिएको अवार्ड मध्य नेपाली क्रिकेट टोलीका युवा लेग स्पिनर सन्दिप लामिछाने सबैभन्दा धेरै तीन विधामा पर्न सफल भएका छन् । सन्दिप वर्षको उत्कृष्ट पुरुष खेलाडी, वर्षको उत्कृष्ट युवा खेलाडी र भोटिङ मार्फत विजेता घोषण हुने पिपुल्स च्वाइस अवार्डमा पर्न सफल भएका छन् । 

सन्दिप बाहेक नेपाली राष्ट्रिय टोलीका कप्तान पारस खड्का वर्षको उत्कृष्ट पुरुष खेलाडी, युवा टोलीका कप्तान दिपेन्द्र सिंह ऐरी वर्षको उत्कृष्ट युवा खेलाडीको मनोनयनमा परेका छन् । त्यस्तै नेपाली क्रिकेट टोलीका मुख्य प्रशिक्षक जगत टमाटा र युवा टोलीका प्रशिक्षक बिनोद दास वर्षको उत्कृष्ट प्रशिक्षकको विधामा पर्न सफल भएका छन् ।


वर्ष खेलाडी पुरुष

पारस खड्का, क्रिकेट

–नेपाललाई वान डे इन्टरनेसनल मान्यता दिलाउने कप्तान

–वल्र्ड क्रिकेट लिग डिभिजन २ मा १ शतक र १ अर्धशतकसहित २४१ रन । सर्बाधिक रन बनाउने खेलाडी

–आइसीसी विश्वकप छनोटमा २३१ रन । अफगानिस्तान र स्कटल्याण्डविरुद्ध अर्धशतक

–घरेलु क्रिकेटमा टिम चौराहा धनगढीलाई धनगढी प्रिमियर लिग (डीपीएल) को पहिलो संस्करण र विराटनगर वारियर्सलाई एभरेस्ट प्रिमियर लिग (ईपीएल) को दोस्रो संस्करणको च्याम्पियन बनाउन महत्वपूर्ण योगदान


सन्दीप लामिछाने, क्रिकेट

–नेपाली क्रिकेट टिमका लागि एक बर्षमा सर्बाधिक विकेट लिने खेलाडी । राष्ट्रिय टिमबाट ३५ सहित कुल ८४ विकेट

–आइसीसी एसिया यू १९ विश्वकप छनोटमा २४ विकेट । कुनै पनि उमेर समूह वा सिनियर टिमका लागि एउटै प्रतियोगितामा सर्बाधिक विकेट लिने कीर्तिमान

–आइसीसी वल्र्ड क्रिकेट लिग डिभिजन २ मा १७ विकेट लिदै सर्बोत्कृष्ट खेलाडी घोषित

–विश्वकप छनोटमा केन्याविरुद्ध २० रन दिएर ५ विकेट लिदै लिस्ट ए क्रिकेटमा नेपालको लागि उत्कृष्ट बलिङको कीर्तिमान

–इन्डियन प्रिमियर लिग र क्यारेवियन प्रिमियर लिगको टिममा आबद्ध हुने पहिलो नेपाली क्रिकेटर


दीपेश धामी, ब्याडमिन्टन

–योनेक्स सनराइज पाकिस्तान इन्टरनेसनल सिरिजमा शोभा गौचनसँगै मिक्स डबल्सको उपाधि विजेता

–योनेक्स सनराइज नेपाल इन्टरनेसनल सिरिजमा शोभा गौचनसँगै मिक्स डबल्समा उपविजेता । मेन्स सिंगल्समा क्वाटरफाइनल पुग्ने एक्लो नेपाली

–असम यू–२१ क्षेत्रीय प्रतियोगितामा सिंगल्समा कांस्य पदक । मेन्स डबल्स र टिम इभेन्टमा रजत पदक

–घरेलु प्रतियोगितामा २ स्वर्ण पदक


इन्द्र बहादुर श्रेष्ठ, जुडो

–थाइल्यान्ड इन्टरनेसनल जुडो च्याम्पियनसिपमा स्वर्ण पदक

–बीकेएसपी जुडो च्याम्पियनसिप, बंगलादेशमा स्वर्ण पदक

–राखेप च्याम्पियनसिपमा स्वर्ण पदकसहित सर्बोत्कृष्ट खेलाडी

–अम्बिका क्षत्री स्मृति जुडो च्याम्पियनसिपमा स्वर्ण पदकसहित सर्बोत्कृष्ट खेलाडी


टंक बहादुर कार्की, गल्फ

–भुटान ओपन गल्फको उपाधि विजेता । व्यक्तिगत र टिम स्पर्धामा स्वर्ण पदक

–नेपाल ओपन एमेच्योर च्याम्पियनसिपमा व्यक्तिगत र टिम स्पर्धामा स्वर्ण पदक

–राखेप च्याम्पियनसिपमा व्यक्तिगत र टिम स्पर्धामा स्वर्ण पदक

–सूर्य नेपाल गल्फ टुरका ३ प्रतियोगितामा विजेता



वर्ष खेलाडी युवा

सन्दीप लामिछाने, क्रिकेट

–नेपाली क्रिकेट टिमका लागि एक बर्षमा सर्बाधिक विकेट लिने खेलाडी । राष्ट्रिय टिमबाट ३५ सहित कुल ८४ विकेट

–आइसीसी एसिया यू १९ विश्वकप छनोटमा २४ विकेट । कुनै पनि उमेर समूह वा सिनियर टिमका लागि एउटै प्रतियोगितामा सर्बाधिक विकेट लिने कीर्तिमान

–आइसीसी वल्र्ड क्रिकेट लिग डिभिजन २ मा १७ विकेट लिदै सर्बोत्कृष्ट खेलाडी घोषित

–विश्वकप छनोटमा केन्याविरुद्ध २० रन दिएर ५ विकेट लिदै लिस्ट ए क्रिकेटमा नेपालको लागि उत्कृष्ट बलिङको कीर्तिमान

–इन्डियन प्रिमियर लिग र क्यारेवियन प्रिमियर लिगको टिममा आबद्ध हुने पहिलो नेपाली क्रिकेटर


दीपेन्द्रसिंह ऐरी, क्रिकेट

–नेपाली टिम एसीसी यू १९ एसिया कपको सेमिफाइनलमा पहिलोपल्ट पुग्दाका कप्तान

–नेपाललाई एसीसी यू–१९ एसिया कपमा भारतविरुद्ध जित दिलाउन उत्कृष्ट प्रदर्शन । ८८ रन जोड्दै ४ विकेट लिएर म्यान अफ द म्याच । कुनैपनि स्तरमा नेपालले भारतमाथि पहिलो जित हासिल गरेको

–नेपाललाई एसीसी यू १९ इस्टर्न रिजनको उपाधि दिलाउन सफल

–आइसीसी विश्वकप छनोटमा १ अर्धशतकसहित १४३ रन बनाएको

–विश्वकप छनोटमा वान डे इन्टरनेसनल मान्यता पाउन जित्नैपर्ने खेलमा पपुवा न्यु गिनीविरुद्ध ४ विकेट लिनुका साथै अर्धशतक बनाएर म्यान अफ द म्याच भएका


दिनेश हेम्जन, फुटबल

–साफ यू–१८ च्याम्पियनसिप बिजेता नेपाली टिमका फरवार्ड । निर्णायक खेलमा भारतमाथि २–० को जित हात पार्दा दुवै गोल गरेको

–त्रिभुवन आर्मी क्लबले घरेलु फुटबलमा ६ उपाधि जित्दा टिमका सदस्य

–कांकडभिट्टा गोल्डकपमा सर्बाधिक ३ गोल

–सिमरा गोल्डकपमा सर्बाधिक ३ गोल । उत्कृष्ट फरवार्ड


मनिता श्रेष्ठ प्रधान, जुडो

–११ औं एसियन जुनियर जुडो च्याम्पियनसिपमा ५७ कुेजीमुनि स्पर्धामा कांस्य पदक । 

–बीकेएसपी कप जुडो च्याम्पियनसिप, बंगलादेशमा स्वर्ण पदक

–एसियन जुडो च्याम्पियनसिपमा एक बाउट जित्ने पहिलो नेपाली खेलाडी

–अम्बिका क्षत्री स्मृति च्याम्पियनसिपमा स्वर्ण पदक सहित सर्बोत्कृष्ट खेलाडी

–राखेप च्याम्पियनसिपमा स्वर्ण पदक सहित सर्बोत्कृष्ट खेलाडी


पुनम रावल, बक्सिङ

–इन्डियन ओपन बक्सिङमा ६४ केजीमुनि स्पर्धामा कांस्य पदक । 

–राखेप च्याम्पियनसिपमा स्वर्ण पदक

–गणेशमान स्मृति बक्सिङमा स्वर्ण पदक

–एसियाली खेलकुदको छनोटमा पहिलो

–एसियन महिला बक्सिङ च्याम्पियनसिपमा सहभागि



बर्ष प्रशिक्षक

जगत टमाटा, क्रिकेट

–नेपाललाई ऐतिहासिक वान डे इन्टरनेसनल मान्यता दिलाउने प्रशिक्षक

–आईसीसी विश्वकप छनोटमा आठौं स्थान

–विश्व क्रिकेट लिग डिभिजन २ को उपविजेता

–२०७४ सालका १५ खेलमध्ये ६ खेलमा नेपालको जित


विनोद दास, क्रिकेट

–नेपाल पहिलोपटक एसीसी यू १९ एसिया कपको सेमिफाइनल पुग्दाका प्रशिक्षक

–कुनैपनि स्तरको प्रतियोगितामा भारतमाथि पहिलो जित निकाल्ने प्रशिक्षक

–नेपाललाई एसीसी यू १९ इस्टर्न रिजनको पहिलो उपाधि दिलाउन सफल

–आइसीसी एसिया यू १९ विश्वकप छनोटमा नेपाल दोस्रो हुँदाका प्रशिक्षक


छिरिङ लोप्साङ गुरुङ, फुटबल

–साफ यू–१८ च्याम्पियनसिप बिजेता नेपाली टिमका प्रशिक्षक

–मनाङ मस्र्याङदी क्लबले दुहवी गोल्डकप जित्दाका प्रशिक्षक

–इटहरी गोल्कडप र मदन भण्डारी स्मृति गोल्डकपको उपविजेता


प्रकाश थापामगर, बक्सिङ

–इन्डियन ओपन बक्सिङमा पुनम रावल र विमला श्रेष्ठले कांस्य पदक जित्दाका प्रशिक्षक

–एसियन महिला बक्सिङ च्याम्पियनसिपमा नेपाली टिमका मुख्य प्रशिक्षक

–एसियन पुरुष बक्सिङ च्याम्पियनसिपमा नेपाली टिमका मुख्य प्रशिक्षक


जयन्त कुमार श्रेष्ठ, ब्याडमिन्टन

–योनेक्स सनराइज पाकिस्तान इन्टरनेसनल सिरिजमा १ स्वर्ण, १ रजत र १ कांस्य विजेता नेपाली टिमका मुख्य प्रशिक्षक

–योनेक्स सनराइज नेपाल सिरिजमा १ रजत र १ कांस्य पदक विजेता नेपाली टिमको ३ मध्येका १ प्रशिक्षक



LIVE MATCH CENTER

{{match.teamAName}} - {{match.teamARun}} / {{ match.teamAFOW}} ( {{match.teamAOver}} / {{match.matchOver}} Overs)

VS

{{match.teamBName}} - {{match.teamBRun}} / {{ match.teamBFOW}} ( {{match.teamBOver}} / {{match.matchOver}} Overs)

Click here for Full Scorecard

{{errormessage}}

Publisher:Abhinandan Aryal, 9843588041 | Editor:Manoj Bhusal

Registration Number: 277/073-074