logo of cricketingnepal.com

राहुलको आक्रमक ९४ रनको बाबजुत मुम्बई बिरुद्ध पन्जाब तीन रनले पराजित

May 16, 2018 | Parbati Lama |

ओपनर केएल राहुलको आक्रमक ९४ रनको योगदानका बाबजुत किंग्स ११ पन्जाबले मुम्बई इण्डियन्स बिरुद्धको खेलमा तीन रनको झिनो अन्तरको हारको सामना गरेको छ ।

आजको जित पछि मुम्बईले प्ले अफमा पुग्ने सम्भावन कायमै राखेको छ भने पन्जाबले आफ्नो स्थान मजबुत बनाउन सकेन ।

१८७ रनको लक्ष्य पक्षाएको पन्जाबले २० ओभरमा पाँच विकेट गुमाएर मात्र १८३ रन बनाउन सक्यो ।

पन्जाबको तर्फबाट सर्वाधिक रन बनाएका राहुलले ६० बलमा १० चौका र तीन छक्का प्रहार गर्दै ९४ रन बनाएता पनि अन्य ब्याट्सम्यानबाट राम्रो प्रदर्शन हुन नसक्दा पन्जाबले तीन रनको झिनो हारको सामना गर्न पऱ्यो । उत्कृष्ट लयमा देखिएका राहुल १८ दशमलब तीन ओभरमा आउट भए र त्यस पछि पन्जाबको आजको खेल जित्दै प्ले अफमा पुग्ने सम्भावन मजबुत बनाउने सपना चकनाचुर भयो ।

त्यस्तै पन्जाबको लागि तेश्रो नम्बरमा ब्याटिङ गर्न आएका आरोन फिन्चले ३५ बलमा ४६ रनको योगदान दिए भने ओपनर क्रिस गेलले पनि १८ रनको पारी खेले ।

मुम्बईका जसप्रित बुमराले सर्वाधिक तीन विकेट लिए भने मिचेल म्याक्लेनागनले पनि आफ्नो नाममा दुई विकेट लेखाउन सफल भए ।

यस अघि टस हारेर पहिले ब्याटिङ गरेको मुम्बईले काइरन पोलर्डको आक्रमक अर्धशतकको मद्धतमा २० ओभरमा आठ विकेट गुमाउँदै १८६ रनको विशाल योगफल तयार पाऱ्यो ।

मुम्बईको तर्फबाट सर्वाधिक रन बनाएका पोलार्डले २३ बलमा पाँच चौका र तीन छक्काको मद्धतमा ५० रन बनाए । त्यस्तै कुर्नाल पाण्डेयाले ३२, सुर्य कुमार यादवले २७ तथा ईशान किसानले पनि २० रनको योगदान दिए ।

पन्जाबका एन्ड्रयु टेले चार ओभर बलिङ गर्दै १६ रन खर्चिएर सर्वाधिक चार विकेट लिए भने रविचन्द्रन अश्विनले पनि आफ्नो नाममा दुई विकेट दर्ता गराए ।




LIVE MATCH CENTER

{{match.teamAName}} - {{match.teamARun}} / {{ match.teamAFOW}} ( {{match.teamAOver}} / {{match.matchOver}} Overs)

VS

{{match.teamBName}} - {{match.teamBRun}} / {{ match.teamBFOW}} ( {{match.teamBOver}} / {{match.matchOver}} Overs)

Click here for Full Scorecard

{{errormessage}}

Publisher:Abhinandan Aryal, 9843588041 | Editor:Manoj Bhusal

Registration Number: 277/073-074