logo of cricketingnepal.com

सन्दिप वेष्ट इण्डिज बिरुद्धको च्यारिटी खेलमा विश्व ११ बाट खेल्ने

May 16, 2018 | Parbati Lama |

नेपाली राष्ट्रिय टोलीका युवा लेग स्पिनर सन्दिप लामिछाने लर्डसमा आयोजना हुने वेष्ट इण्डिज बिरुद्धको च्यारिटी खेलमा विश्व ११ बाट खेल्ने भएका छन् । मे ३१ म लर्डसमा आयोजना हुने खेल वेष्ट इण्डिजमा गत वर्ष आएको हावहुरीबाट क्षती ग्रस्त भएको क्रिकेट रंगशाला निर्माणको सहयोगार्थ गर्न लागिएको हो ।

विश्व ११ को कप्तानी इयोन मोर्गानले गर्ने छन् भने उक्त टोलीबाट सोयब मलिक, हर्दिक पाण्डेया, शाहिद अफ्रिदी, रसिद खान जस्ता खेलाडीहरु रहेका छन् ।

विश्व ११ को टोलीमा समावेश भए पछि सन्दिपले विश्व ११ बाट खेल्न पाउनु खुशीको कुरा भएको बताए । उनले भने “विश्व ११ को सुचिमा पर्नु मेरा लागि गर्बको कुरा हो । यो मेरो व्यक्तिगत खुशीको मात्र विषय नभएर यो सारा नेपालीको लागि खुशीको विषय हो ।”

“मैले सानै देखी टिभीमा हेर्दै आएका खेलाडीहरुसँग खेल्ने, अभ्यास गर्ने र ड्ेरसिङ रुम सेयर गर्ने मौका पाउन लागेको छु । यो आफैमा खुशीको कुरा हो । यो मेरा लागि सिक्ने र आफ्नो कला कौशल तिखार्ने मौका हो । यसलाई जति सक्दो बढी उपयोग गर्ने छु ।”

हाल इण्डियन प्रिमियर लिग (आईपिएल) मा दिल्ली डेयरडेभिलस्मा अवद्ध भएर भारतमा रहेका सन्दिपले लर्डसलाई होम अफ क्रिकेट पनि भनिन्छ र यसका बारेमा के भनम भन्छन् । यो सबै क्रिकेट खेलाडीको लागि ड्रिम मैदान हो । सन् २०१६ मा नेपाली टोलीको लागि खेल्ने मौका पाउँदा खुशिको सिमाना नरहेको पनि बताए ।

आईपिएलमा दिल्लीको तर्फबाट बैंग्लौर बिरुद्धको शनिवार सम्पन्न खेलमा सन्दिपले डेब्यु गर्दै चार ओभरमा २५ रन खर्चिएर एक विकेट लिएका थिए ।




LIVE MATCH CENTER

{{match.teamAName}} - {{match.teamARun}} / {{ match.teamAFOW}} ( {{match.teamAOver}} / {{match.matchOver}} Overs)

VS

{{match.teamBName}} - {{match.teamBRun}} / {{ match.teamBFOW}} ( {{match.teamBOver}} / {{match.matchOver}} Overs)

Click here for Full Scorecard

{{errormessage}}

Publisher:Abhinandan Aryal, 9843588041 | Editor:Manoj Bhusal

Registration Number: 277/073-074