logo of cricketingnepal.com

राजस्थान बिरुद्ध कोलकत्ता छ विकेटले विजयी

May 15, 2018 | CN Staff |

इण्डियन प्रिमियर लिग (आईपिएल) अन्तर्गत मंगलरवारको एक मात्र खेलमा कोलकत्ता नाईट राईडर्सले राजस्थान रोयल्सलाई छ विकेटले पराजित गरेको छ ।

आजको जित पछि १४ अंकका साथमा कोलकत्ता अंक तालिकाको तेश्रो स्थानमा छ । १३ खेल खेलेको कोलकत्ताले समुह चरणको आफ्नो अन्तिम खेलमा जित हात पारेको खण्डमा प्ले अफमा पुग्ने छ । उता आजको हारको बाबजुत राजस्थानको प्ले अफमा पुग्ने सम्भावन जिवित नै छ । आफ्नो अन्तिम खेलमा रोयल च्यालेन्जर्स बैंग्लौरलाई पराजित गरेको खण्डमा र किंग्स ११ पन्जाबले आफ्नो खेलहरु हारेको खण्डमा राजस्थान प्ले अफमा पुग्ने छ । 

कोलकत्ताको जितमा ओपनर क्रिस लिनले ४२ बलमा सर्वाधिक ४५ रन बनाए भने कप्तान दिनेश कार्तिकले ३१ बलमा अविजित ४१ रनको पारी खेले । त्यस्तै सुनिल नारायण र नितिश रानाले पनि समान २१ रनको योगदान दिए । 

यस अघि टस हारेर पहिले ब्याटिङ गरेको राजस्थानले राम्रो सुरुवात गरेता पनि कोलकत्ताका बलरहरु हाबी हुँदा १९ ओभरमा अल आउट हुँदै १४२ रनको मध्यम स्कोर बनायो ।

राजस्थानलाई सस्तैमा समेट्ने क्रममा कुलदिप यादवले सर्वाधिक चार विकेट लिए भने प्रशिद कृष्णा र आन्द्रे रसेलले दुई दुई विकेट लिए । त्यस्तै शिभम् माभी र सुनिल नारायणले पनि आफ्नो नाममा एक एक विकेट दर्ता गराए । यादवले चार ओभरमा २० रन खर्चिए भने रसेलले तीन ओभरमा १३ रन तथा कृष्णाले चार ओभरमा ३५ रन खर्चिए ।

राजस्थानको तर्फबाट उत्कृष्ट फर्ममा रहेका जस बटरले २२ बलमा सर्वाधिक ३९ रन बनाए भने राहुल त्रिपाठीले २७ तथा जयदेब उनादकटले पनि २६ रनको योगदान दिए । 




LIVE MATCH CENTER

{{match.teamAName}} - {{match.teamARun}} / {{ match.teamAFOW}} ( {{match.teamAOver}} / {{match.matchOver}} Overs)

VS

{{match.teamBName}} - {{match.teamBRun}} / {{ match.teamBFOW}} ( {{match.teamBOver}} / {{match.matchOver}} Overs)

Click here for Full Scorecard

{{errormessage}}

Publisher:Abhinandan Aryal, 9843588041 | Editor:Manoj Bhusal

Registration Number: 277/073-074