logo of cricketingnepal.com

पन्जाब बिरुद्ध ८९ सानो योगफल पक्षाएको बैंग्लौर १० विकेटले विजयी, प्लेअफ सम्भावन कायमै

May 14, 2018 | CN Staff |

इण्डियन प्रिमियर लिग (आईपिएल) अन्तर्गत कप्तान बिराट कोहली र विकेट किपर ब्याट्सम्यान पार्थिब पटेलको अविजित ९२ रनको साझेदारीमा ८९ रनको सानो योगफल पक्षाएको रोयल च्यालेन्जर्स बैंग्लौरले किंग्स ११ पन्जाबलाई १० विकेटको फराकिलो अन्तरले पराजित गर्दै प्ले अफमा पुग्ने सम्भावन जिवित राखेको छ ।

आजको जितसँगै १२ खेल पछि १० अंकका साथ बैंग्लौर अंक तालिकाको छैंठौं स्थानले उक्लिएको छ र प्ले अफमा पुग्ने सम्भावन जिवितै राखेको छ । उता आजको हार पछि प्ले अफमा आफ्नो स्थान पक्का बनाउनका लागि पन्जाबले अर्को खेल सम्म कुर्न पर्ने भएको छ ।

बैंग्लौरले ८९ रनको लक्ष्य आठ दशमलब एक ओभरमा बिना विकेटको क्षेतीमा पुरा गरेको हो । 

बैंग्लौरको जितमा कप्तान कोहलीले सर्वाधिक ४८ रन बनाए भने पटेलले ४० रनको योगदान दिए । कोहलीले २८ बलमा छ चौका र दुई छक्का प्रहार गरे भने पटेलले २२ बलमा सात चौका प्रहार गरे । कोहली र पटेल दुबै अविजित रहे ।

यस अघि उमेश यादवको घातक बलिङमा टस हारेर पहिले ब्याटिङ गरेको पन्जाबले १५ दशमलब एक ओभरमा आफ्ना सबै विकेट गुमाएर मात्र ८८ रन बनायो ।

पन्जाबलाई सस्तैमा रोक्ने क्रममा तिब्र गतिका बलर उमेश यादवले सर्वाधिक तीन विकेट लिए भने मोहमद सिराज, युजुबेन्द्र चाहल, मोइन अलि र कोलिन डि ग्राय्न्ड होमले समान एक विकेट आफ्नो नामा दर्ता गराए । पन्जाबका तीन जना खेलाडी रन आउट भए ।

पन्जाबको तर्फबाट एरोन फिन्चले सर्वाधिक २६ रन बनाए भने केएल राहुल र क्रिस गेलले १८ रनको पारी खेले भने अन्य खेलाडीले दोहोरो अंकमा रन बनाउन नसक्दा पन्जाब सानो योगफलमा समेटियो ।




LIVE MATCH CENTER

{{match.teamAName}} - {{match.teamARun}} / {{ match.teamAFOW}} ( {{match.teamAOver}} / {{match.matchOver}} Overs)

VS

{{match.teamBName}} - {{match.teamBRun}} / {{ match.teamBFOW}} ( {{match.teamBOver}} / {{match.matchOver}} Overs)

Click here for Full Scorecard

{{errormessage}}

Publisher:Abhinandan Aryal, 9843588041 | Editor:Manoj Bhusal

Registration Number: 277/073-074