logo of cricketingnepal.com

सन्दिप र दिपेन्द्र युवा खेलाडीको मनोनयनमा

May 14, 2018 | Parbati Lama |

नेपाललाई एकदिवसीय मान्यता दिलाउन महत्वपुर्ण भुमिका खेलेका नेपाली राष्ट्रिय क्रिकेट टोलीका युवा लेग स्पिनर सन्दिप लामिछाने र यु१९ का कप्तान दिपेन्द्र सिंह ऐरी नेपाल खेलकुद पत्रकार मञ्चले प्रत्येक वर्ष आयोजना गर्ने पल्सर स्पोर्टस अवार्डको युवा वर्ष खेलाडीको मनोनयनमा पर्न सफल भएका छन् ।


जेठ तीन गते आयोजना हुने अवार्डको यस विधामा सन्दिप र दिपेन्द्र बाहेक फुटबलका दिपेश हेन्जन, जुडोकी मनिता श्रेष्ठ प्रधान र बक्सिङकी पुना रावल रहेका छन् ।


सन्दिप लामिछाने

युवा लेग स्पिनर आफनो प्रदर्शन र इण्डियन प्रिमियर लिगमा नाम जोड्दै बर्षैभरि चर्चामा रहन सफल खेलाडी हुन् । सन्दिप वर्षको युवा वर्ष खेलाडी बाहेक पुरुष वर्ष खेलाडी विधाको मनोनयनमा पनि पर्न सफल भएका छन् । त्यस्तै सन्दिप यस अघि सार्वजनिक भएको पिपुल्स च्वाईस अवार्डका लागि पनि मनोनित भएका थिए । 

१७ बर्षिय सन्दिपले नेपाली क्रिकेट टोलीका लागि पछिल्लो एक बर्ष सिनियर तथा कुनै पनि उमेर समुहमा सर्वाधिक विकेट लिएर आफूलाई साबित गर्न सफल रहे । 

राष्ट्रिय टोलीका लागि ३५ सहित एक बर्ष सन्दिपले कुल ८४ विकेट लिएका थिए । यस क्रममा उनले आईसिसि एसिया अण्डर १९ बिश्वकप छनोटमा २४ विकेट हात पारे । सन्दिप कुनै पनि उमेर समुह वा सिनियर राष्ट्रिय टोलीका लागि खेलिएको एकै प्रतियोगितामा सर्वाधिक विकेट लिने खेलाडी बने । 

नामिबियामा भएको आईसिसि वल्र्ड क्रिकेट लिग डिभिजन दुई का उत्कृष्ट खेलाडी सन्दिपले प्रतियोगिता अवधिभर महत्वपूर्ण प्रदर्शन गदै १७ विकेट लिएका थिए । 

केन्याबिरुद्धको खेलमा उनले २० रनमा ५ विकेट लिदैं लिस्ट ए क्रिकेटमा नेपालको लागि उत्कृष्ट बलिङ्गको नयां किर्तिमान कायम गरे ।

भारतको चर्चित इण्डियन प्रिमियर लिग (आईपिएल) मा शनिवार भाएको रोयल च्यालेन्जर्स बैंग्लौर बिरुद्धको खेलमा दिल्लीको तर्फबाट डेब्यु गरेका सन्दिपले चार ओभरमा २५ रन खर्चिएर एक विकेट लिन सफल भए । 


दिपेन्द्र सिंह ऐरि 

नेपाल यु१९ लाई एसिसि अण्डर १९ एसिया कपको पहिलो पटक सेमिफाइनलमा डोर्‍याउने कप्तान हुन् दिपेन्द्र सिंह ऐरी । मलेशियामा भएको एसिया कपमा नेपालले ऐतिहासिक प्रदर्शन गर्दा दिपेन्द्रले भारत माथि कुनै पनि स्तरको क्रिकेट प्रतियोगितामा पहिलो पटक हराउने क्रममा लोभलाग्दो प्रदर्शन गरेका थिए । 

लिग चरणको अन्तिम खेलमा भारतबिरुद्ध जित दिलाउने क्रममा दिपेन्द्रले ८८ रन बनाउनुका साथै ४ विकेट लिएर म्यान अफ द म्याच प्रदर्शन गरे । उनले प्रतियोगितामा सात विकेट पनि हात पारे । 

नेपाललाई एसिसि अण्डर १९ इस्टर्न रिजनको उपाधि दिलाउन पनि सफल रहे युवा टोलीका कप्तान दिपेन्द्र । 

दिपेन्द्र आईसिसि बिश्वकप छनोटमा पारसपछि सर्वाधिक रन बनाउने नेपाली खेलाडी बने । उनले एक अद्र्धशतकसहित १ सय ४३ रन बनाएका थिए । 

एकदिवसीय मान्यता प्राप्त गर्नका लागि जित्नै पर्ने खेलमा उनले पपुवा न्यु गिनिबिरुद्ध ४ विकेट लिनुका साथै अद्र्धशतक बनाउदैं म्यान अफ द म्याच प्रदर्शन गरेका थिए ।



LIVE MATCH CENTER

{{match.teamAName}} - {{match.teamARun}} / {{ match.teamAFOW}} ( {{match.teamAOver}} / {{match.matchOver}} Overs)

VS

{{match.teamBName}} - {{match.teamBRun}} / {{ match.teamBFOW}} ( {{match.teamBOver}} / {{match.matchOver}} Overs)

Click here for Full Scorecard

{{errormessage}}

Publisher:Abhinandan Aryal, 9843588041 | Editor:Manoj Bhusal

Registration Number: 277/073-074