logo of cricketingnepal.com

रोमञ्चक खेलमा पन्जाब बिरुद्ध चेन्नाई चार रनको झिनो अन्तरले पराजित

Apr 15, 2018 | Cricketingnepal |

ईण्डियन प्रिमियर लिग अन्र्तगत निकै नै प्रतिस्पर्धात्मक खेलमा किंग्स ११ पन्जाब बिरुद्ध चेन्नाई सुपर किंग्स चार रनको झिनो अन्तरले पराजित भएको छ । 

१९८ रनको लक्ष्य पक्षाएको चेन्नाईले २० ओभरमा पाँच विकेट गुमायो र मात्र १९३ रन बनाउन सक्यो । अन्तिम चार ओभरमा ६७ रन चाहिएको अबस्थामा कप्तान महेन्द्र सिंह धोनीले उत्कृष्ट ब्याटिङ गर्दै तीन ओभरमा ५० रन जोडे र अन्तिम ओभरमा १७ रन चाहिएको स्थितीमा पुऱ्याए । तर पनि अन्तिम ओभरमा मात्र १२ रन बनाउन सकेपछि चेन्नाईले खेल चारले हार्न पुग्यो । 

चेन्नाईको लागि कप्तान धोनीले अविजित रहँदै ४४ बलमा ७९ रनको पारी खेले । त्यस्तै अम्बती रायडुले पनि ४९ रनको योगदान दिए । 

यस अघि टस हारेर पहिले ब्याटिङ गरेको पन्जाबले २० ओभरमा सात विकेट गुमाएर १९७ रनको विशाल योगफल बनायो । 

पन्जाबको लागि ओपनर लोकेस राहुल र क्रिस गेलले उत्कृष्ट शुरुवात दिएका थिए । पहिलो विकेटका लागि राहुल र गेलले आठ ओभरमा ९६ रनको साझेदारी गरे । खेलको म्यान अफ द म्याच घोषित गेलले ३३ बलमा सात चौका र चार छक्काको मद्धतमा ६३ रन बनाए भने राहुलले २२ बलमा ३७ रनको योगदान दिए । त्यस्तै मायन्क अग्रवालले १९ बलमा ३० तथा करुण नायरले १७ बलमा २९ रन बनाए ।

चेन्नाईका सार्दुल ठाकुर र इमरान ताहिरले समान दुई विकेट लिए ।




LIVE MATCH CENTER

{{match.teamAName}} - {{match.teamARun}} / {{ match.teamAFOW}} ( {{match.teamAOver}} / {{match.matchOver}} Overs)

VS

{{match.teamBName}} - {{match.teamBRun}} / {{ match.teamBFOW}} ( {{match.teamBOver}} / {{match.matchOver}} Overs)

Click here for Full Scorecard

{{errormessage}}

Publisher:Abhinandan Aryal, 9843588041 | Editor:Manoj Bhusal

Registration Number: 277/073-074