logo of cricketingnepal.com

काठमाडौलाई डिपिएल जित्न १ सय ८२ रनको बिशाल लक्ष्य

Apr 13, 2018 | Parbati Lama |
ओपनर सुनिल धमला र रोहन मुस्तफाले शतकीय साझेदारी गरेपछि टिम चौराहा धनगढीले धनगढी प्रिमियर लिगको फाइनलमा काठमाडौं गोल्डेन्सलाई एक सय ८२ रनको बिशाल लक्ष्य दिएको छ । 
खेलको तेश्रो ओभरमै अर्का ओपनर अस्फाक अहमदलाई १२ रनमा गुमाएको डिफेन्डिङ्ग च्याम्पियन चौराहालाई ठूलो योगफल तर्फ धकेल्ने क्रममा धमला र मुस्तफाले १ सय ४२ रनको ठूलो साझेदारी गरेका थिए । 
१८ औं ओभरमा रन आउट हुनु अघि मुस्तफालाई चार छक्का र चार चौका प्रहार गर्दै ४२ बलमा ६० रन बनाए । लगत्तै सोनु तामाङ्गलाई सुबोध भाटीलाई शुन्यमै बोल्ड गरेका थिए । 
प्रतियोगितामा आफ्नो सर्वाधिक स्कोर बनाउने क्रममा धमलाले ७८ रन बनाए । ६३ बलको सामना गरेका धमलाले आठ चौका र तीन छक्का प्रहार गरे । 
उनी प्रतियोगिताको ब्यक्तिगत सर्वाधिक योगफल भन्दा मात्र तीन रनले चुकेका थिए । अमित श्रेक्ष्ठ प्रतियोगिताको पहिलो खेलमै चौराहाबिरुद्ध नटआउट ८१ रन बनाएका थिए । कप्तान सोमपाल कामीले ८ रन बनाएका थिए । 
गोल्डेन्सका लागि भाटीले सर्वाधिक दुई विकेट लिए भने बिहिबार महेन्द्रनगर युनाईटेडबिरुद्धको दोश्रो क्वालिफायरमा ६ विकेट लिएर सनसनी मच्चाएका सनी पटेलले चार ओभरमा २७ रन खर्चिएर एक विकेट हात पारे ।


LIVE MATCH CENTER

{{match.teamAName}} - {{match.teamARun}} / {{ match.teamAFOW}} ( {{match.teamAOver}} / {{match.matchOver}} Overs)

VS

{{match.teamBName}} - {{match.teamBRun}} / {{ match.teamBFOW}} ( {{match.teamBOver}} / {{match.matchOver}} Overs)

Click here for Full Scorecard

{{errormessage}}

Publisher:Abhinandan Aryal, 9843588041 | Editor:Manoj Bhusal

Registration Number: 277/073-074