logo of cricketingnepal.com

काठमाडौं र धनगढी बिच डिपिएल २ को उपाधी भिडन्त आज

Apr 12, 2018 | Parbati Lama |

रुस्लान धनगढी प्रिमियर लिग डिपिएल २ को उपाधिका लागि डिफेन्डङ च्याम्पियन धनगढी टिम चौराहा र काठमाडौं गोल्डेन्सका बिच प्रतिस्पर्धा हुँदैछ । खेल धनगढी स्थित एसएसपी मैदानमा १२:३० बजे शुरु हुनेछ ।

धनगढीले पहिलो क्वालिफायर्स खेलमा काठमाडौंलाई एक विकेटले पराजित गर्दै फाइनलमा स्थान बनाएको हो भने काठमाडौं दोश्रो क्वालिफायर्स खेलमा महेन्द्रनगर युनाइटेडलाई पाँच विकेटले पराजित गर्दै फाइनलमा पुगेको हो । 

समुह चरणको पाँच खेलमा चारमा जित तथा एकमा बराबरी सहित काठमाडौं अंक तालिकामा पहिलो स्थान हात पार्दै प्लेअफमा पुगेको थियो । पहिलो क्वालिफयर्समा धनगढीसँग पराजित भएपछि काठमाडौंले दोश्रो क्वालिफायर्समा महेन्द्रनगरलाई पराजित गर्दै फाइनलमा प्रवेश गरेको हो । महेन्द्रनगरले सिवाईसी अत्तरियालाई एलिमिनेटरमा १५ रनले पराजित गर्दै क्वालिफायर्समा आफ्नो स्थान सुरक्षित बनाएको थियो ।

धनगढीले भने समुह चरणको पाँच खेलमा तीनमा जित तथा दुईमा हार व्यहोर्दै छ अंकका साथमा अंक तालिकाको दोश्रो स्थानमा हात पार्दै प्लेअफमा स्थान बनाएको थियो । पहिलो क्वालिफायर्समा काठमाडौंलाई एक विकेटले पराजित गर्दै धनगढीले फाइनमा स्थान सुरक्षित गरेको थियो । 

आजको खेलमा जित हात पार्ने टोलीले उपाधि सहित नगद २५ लाख हात पार्नेछ भने दोश्रो हुने टोलीले १० लाखमा चित्त बुझाउन पर्नेछ । 




LIVE MATCH CENTER

{{match.teamAName}} - {{match.teamARun}} / {{ match.teamAFOW}} ( {{match.teamAOver}} / {{match.matchOver}} Overs)

VS

{{match.teamBName}} - {{match.teamBRun}} / {{ match.teamBFOW}} ( {{match.teamBOver}} / {{match.matchOver}} Overs)

Click here for Full Scorecard

{{errormessage}}

Publisher:Abhinandan Aryal, 9843588041 | Editor:Manoj Bhusal

Registration Number: 277/073-074