logo of cricketingnepal.com

भाटी र पटेलको उत्कृष्ट खेलमा काठमाडौं डिपिएलको फाइनलमा

Apr 12, 2018 | Parbati Lama |

दुई भारतीय खेलाडी चम्केपछि काठमाडौं गोल्डेन्सले महेन्द्रनगर युनाईटेडलाई पांच विकेटले पराजित गर्दै धनगढी प्रिमियर लिगको फाइनलमा प्रवेश गरेको छ । 

टस जिति पहिलो फिल्डिङ्ग गरेको काठमाडौंले सन्नी पटेलको घातक बलिङ्ग गरेपछि ९ विकेटको क्षतिमा एक सय ४२ रनमै रोकेको थियो । जवफी ब्याटिङ्गमा सुबोध भाटीले प्रतियोगिताकै सर्वाधिक तेज अद्र्धशतक बनाएपछि काठमाडौं १८ दशमलव दुई ओभरमा एक सय ४३ रन बनाएको थियो ।

१७ बलमै अद्र्धशतक बनाएका भाटीले ५ छक्का र चार चौका प्रहार गर्दै ५२ रन बनाए । निकै नै आक्रमक देखिएका भाटीले पहिलो विकेटका लागि अमित श्रेष्ठले ३३ बलमै ७६ रनको साझेदारी गरेपछि काठमाडौं सहज जित तर्फ अग्रसर भएको थियो । अमितले १९ बलमा ५ चौका प्रहार गर्दै २६ रन बनाएका थिए । 

कप्तान ज्ञानेन्द्र मल्लले ३० बलमा २५ रन बनाए । उनले एक चौका र एक छक्का प्रहार गरे ।      

यसअघि लेग स्पिनर सन्नि पटेलले आफ्नो पहिलो तीन ओभरमा ६ विकेट लिएपछि महेन्द्रनगरले पहिलो ६ विकेट १० रनमै गुमाएको थियो । दिनको दोश्रो बलमै कप्तान बिनोद भण्डारीको विकेट लिएका पटेलले आफनो ब्यक्तिगत दोश्रो ओभरमा आसिफ शेख र हरि शंकरलाई पेभिलियन फर्काए । 

पाचौं ओभरमा पटेलले पुनित बिस्ट, रोहित कुमार पौडेल र भुवन कार्कीको विकेट लिदै महेन्द्रनगरलाई दवाबमा राखेका थिए । त्यसपछि आरिफ शेख र पुनित मेहराले इनिङ्गस सम्हाल्दै सातौं विकेटका लागि ८५ रनको साझेदारी गरेपछि महेन्द्रनगर सम्मानजनक योगफल तर्फ धकेलिएको थियो ।

३९ बलमा ४३ रन बनाएका आरिफले चार चौका र एक छक्का प्रहार गरेका थिए । मेहराले सर्वाधिक ५८ रन बनाए । उनले ४२ बलमा चार चौका र चार छक्का प्रहार गरे । करण केसीले दुई छक्का प्रहार गर्दै १२ बलमा २१ रन बनाए । 

पटेलले चार ओभरमा एक मेडन राख्दै १० रन खर्चिएर ६ विकेट लिए । सुबोध भाटी र पुष्प थापाले एक–एक विकेट हात पारे । महेन्द्रनगरका ५ ब्याट्स्म्यान डक आउट भएका थिए । पुनित बिष्टले एक छक्का प्रहार गर्दै ७ रन बनाएका थिए । 

गोल्डेन्सले भोलि हुने फाइनलमा अब टिम चौराहा धनगढीको सामना गर्नेछ । चौराहाले पहिलो क्वालिफायरमा गोल्डेन्सलाई एक विकेटले पराजित गरेको थियो । प्रतियोगिताको बिजेताले २५ लाख र उपबिजेताले १० लाख पाउनेछन् ।



LIVE MATCH CENTER

{{match.teamAName}} - {{match.teamARun}} / {{ match.teamAFOW}} ( {{match.teamAOver}} / {{match.matchOver}} Overs)

VS

{{match.teamBName}} - {{match.teamBRun}} / {{ match.teamBFOW}} ( {{match.teamBOver}} / {{match.matchOver}} Overs)

Click here for Full Scorecard

{{errormessage}}

Publisher:Abhinandan Aryal, 9843588041 | Editor:Manoj Bhusal

Registration Number: 277/073-074