logo of cricketingnepal.com

भाटीले बनाए डिपिएलको तिब्र अद्र्धशतक, तोडे बाबर हायतको किर्तिमान

Apr 12, 2018 | Parbati Lama |

सुबोध भाटीले धनगढी प्रिमियर लिगको सर्वाधिक तेज अद्र्धशतक बनाएका छन् । 


महेन्द्रनगर युनाईटेड बिरुद्धको दोश्रो क्वालिफायरमा १ सय ४३ रनको लक्ष्य पछ्याउने क्रममा भाटीले १७ बलमै अद्र्धशतक बनाए । 

भाटीले पांच छक्का र चार चौका प्रहार गर्ने क्रममा ५२ रन बनाए । भाटीले भुवन कार्कीले स्टम्प आउट गराएका थिए । भाटीले सर्वाधिक तिब्र गतिमा अद्र्धशतक बनाउने क्रममा बाबर हायातको किर्तिमान तोडेका थिए । हायातले रुपन्देही च्यालेञ्जर्सबिरुद्ध २८ बलमा अद्र्धशतक प्रहार गरेका थिए । 

भाटी दुई चोटि ड्रप भएका थिए । भाटीको आक्रमक खेलका कारण काठमाडौं डिपिएलको फाइनल नजिक पुगेको छ । यस खेलको बिजेताले टिम चौराहा धनगढीबिरुद्ध फाइनलका लागि शुक्रबार खेल्नेछ ।



LIVE MATCH CENTER

{{match.teamAName}} - {{match.teamARun}} / {{ match.teamAFOW}} ( {{match.teamAOver}} / {{match.matchOver}} Overs)

VS

{{match.teamBName}} - {{match.teamBRun}} / {{ match.teamBFOW}} ( {{match.teamBOver}} / {{match.matchOver}} Overs)

Click here for Full Scorecard

{{errormessage}}

Publisher:Abhinandan Aryal, 9843588041 | Editor:Manoj Bhusal

Registration Number: 277/073-074