logo of cricketingnepal.com

नेपालको विश्वकप छनोटमा पहिलो जित, रोहित र सोमापलको शानदार ब्याटिङ

Mar 12, 2018 | Cricketingnepal |

विश्वकप छनोटमा नेपाललाई पहिलो जित हात लागको छ । हङकङ बिरुद्धको आफ्नो अन्तिम लिग खेलमा नेपालले पाँच विकेटको जित हात पार्दै प्रतियोगितामा पहिलो जित दर्ता गराएको हो । यस जितसँगै नेपाललाई एकदिवसिय मान्यता पाउने आशा जिवितै रहेको छ । नेपालले प्रतियोगितामा सातौं स्थानमा रहेको खण्डमा नेपालले आगामी चार वर्षका लागि एकदिवसिय मान्यता पाउने छ ।

६६ रनमा महत्वपुर्ण पाँच विकेट गुमाएको नेपाललाई रोहित कुमार पौडेल र सोमपाल कामीले शानदार ब्याटिङ गर्दै जित दिलाए । उनीहरुले छैठौं विकेटका लागि २० दशमलब चार ओभरमा अविजित ८९ रन जोड्दै नेपाललाई जित दिलाएका हुन् । 

नेपालको तर्फबाट सर्वाधिक रन बनाएक रोहितले अविजित रहँदै ४८ रन बनाए भने सोमपालले पनि अविजित रहँदै ३७ रन बनाए । ८६ बल खेलेका रोहित र ४० बल खेलेका सोमपाल दुबैले समान पाँच चौका प्रहार गरे । 

उनीहरु बाहेक अनिल कुमार शाहले २६, कप्तान पारस खड्का ११, ज्ञानेन्द्र मल्ल र दिपेन्द्र सिंह ऐरीले समान १२ रन बनाए भने आरिफ शेखले दई रन बनाए । 

नेपालले हङकङलाई ४८ दशमलब दुई ओभरमा अलआउट पार्दै १५३ रनमा रोके पछि १५४ रनको लक्ष्य पाएको हो ।

हङकङलाई सस्तैमा समेट्ने क्रममा नेपालको तर्फबाट सन्दिप लामिछानेले सर्वाधिक तीन विकेट लिए भने बसन्त रेग्मि र करण केसीले पनि समान दुई विकेट लिए । त्यस्तै सोमपाल कामी र ललित नारायण राजवंशीको नाममा पनि एक एक विकेट हात पऱ्यो भने नेपालले इक विकेट रन आउटका रुपमा प्राप्त गऱ्यो ।

टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय गरेको हङकङको तर्फबाट ओपनर निजाकत खानले सर्वाधिक ४७ रन बनाए भने नवौं नम्बरमा ब्याटिङ गर्न आएका एशान खानले २५ रनको योगदान दिए । 




LIVE MATCH CENTER

{{match.teamAName}} - {{match.teamARun}} / {{ match.teamAFOW}} ( {{match.teamAOver}} / {{match.matchOver}} Overs)

VS

{{match.teamBName}} - {{match.teamBRun}} / {{ match.teamBFOW}} ( {{match.teamBOver}} / {{match.matchOver}} Overs)

Click here for Full Scorecard

{{errormessage}}